Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

कर्जाहरू

यो खण्डले बेलायतमा कर्जाहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

यदि तपाईंले पैसा ऋण लिनुहुन्छ भने आँफूले चुक्ता गर्न सक्ने रकम मात्रै लिनु जरूरी हुन्छ । 
तपाईंलाई आवश्यक परेमा, बेलायतमा विभिन्न तरिकाहरूबाट ऋण लिन सक्नुहुन्छ, जस्तै:
  • बैंक ओभरड्राफ्टहरू
  • व्यक्तिगत कर्जाहरू
  • क्रेडिट कार्डहरू, स्टोर कार्डहरू तथा इन-स्टोर फाइनान्स
  • बैंक तथा बिल्डिङ सोसाइटीहरूबाट सापटी लिने
यी तरिकाहरूबाट ऋण प्राप्त गर्न असमर्थ हुनुभयो भने तपाईंलाई ऋण दिन चाहने अन्य दाताहरू हुन सक्छन् तर तिनीहरू प्राय अत्यन्तै महँगा हुन्छन्, जस्तै: सब-प्राइम लेन्डर्स र डोरस्टेप लेन्डर्स ।  

सब-प्राइम लेन्डर्स

सब-प्राइम लेन्डर्स अनुमति-प्राप्त ऋण-दाताहरू हुन् जसले नराम्रो ऋण अभिलेख भएको कारणले गर्दा मुख्यधारका ऋण-दाताहरूबाट ऋण प्राप्त गर्न नसकेका व्यक्तिहरूलाई ऋण प्रदान गर्दछन् । प्राय: तिनीहरूले बैंक र बिल्डिङ सोसाइटीहरूले भन्दा चर्को दरमा ब्याज लिन्छन् ।

डोरस्टेप (वा ‘होम क्रेडिट’) लेन्डर्स

डोरस्टेप लेन्डर्स (ढोका ढकढक्याउन आउने विक्रेता)हरूले ऋण दिन्छन्, तर महँगो हुन सक्छ । यदि तिनीहरूबाट ऋण लिने विचार गर्नुभयो भने, तपाईंले निम्न कुराहरू गर्नुपर्छ:
  • तिनीहरूको ऋण-दाता अनुमतिपत्र वा अन्य अधिकार-पत्र हेर्ने । यदि तिनीहरूसँग त्यस्ता अनुमति छैनन् भने तिनीहरू गैर-कानूनी रुपमा संचालित छन् ।
  • तपाईंले ऋण लिन लागेको रकम, तपाईंले चुक्ता गर्नुपर्ने रकम र कहिलेसम्म तपाईंले रकम चुक्ता गर्नु पर्नेछ भन्ने बारेमा स्पष्ट हुनुहोस् ।
  • तपाईंले ऋण बापत जम्माजम्मी कति तिर्नुपर्छ सोध्नुहोस्
  • यदि तपाईंले रकम चुक्ता गर्न सक्नुभएन भने के हुन्छ भन्ने कुरा बुझ्नुहोस्  
अनुमतिपत्र नभएका ऋण-दाताहरू पनि हुन्छन्, जसबाट तपाईं बच्नु पर्छ, जस्तै लोन सार्कस ।

लोन सार्कस

लोन सार्कस अनुमतिपत्र नभएका ऋण-दाताहरू हुन् । तिनीहरू गैर-कानूनी रूपमा संचालित हुन्छन् र तपाईंलाई ऋण दिन्छन्, तर:
  • तिनीहरूको दर अत्यन्तै चर्को हुन्छ र तपाईंलाई रकम चुक्ता गर्न कठिनाइ हुन सक्छ
  • पहिलो कर्जा तिर्नका लागि तपाईंलाई दोस्रो कर्जा लिन बाध्य पारिन सक्छ, जसले गर्दा तपाईंको ऋण वृद्धि हुन्छ
  • तिनीहरूले ऋण चुक्ता गराउन हिंसा वा डरधम्कीको प्रयोग गर्न सक्छन्  
 
पैसा सापटी लिने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस्: