बेलायतमा काम गर्ने बारेमा धेरै जसो सोधिने प्रश्नहरूयहाँ तपाईंले बेलायतमा काम गर्ने सम्बन्धी धेरै जसो सोधिने प्रश्नहरू पाउन सक्नुहुन्छ । मैले कहाँ जागिर पाउन सक्छु ?बेलायतमा जागिर खोज्ने धेरै तरिकाहरू छन् । तपाईंले अखबारमा खोज्न सक्नुहुन्छ, आफ्नो स्थानीय जबसेन्टर, सी.ए.बि.मा जान सक्नुहुन्छ, अनलाइन खोज्न सक्नुहुन्छ वा कुनै रोजगार वा रिक्रुटमेन्ट एजेन्सीमा जान सक्नुहुन्छ । जागिर खोज्नको लागि सहयोग र थप जानकारीको लागि: माइयूकेइन्फोको "जागिर खोज्ने" खण्ड हेर्नुहोस् । मैले कति समय छुट्टि पाउन सक्छु ?तपाईंले कति समय छुट्टि पाउन सक्नुहुन्छ भन्ने कुरा प्रायः जसो तपाइको जागिर, तपाईंले काम गर्ने घण्टा र यो स्थायी वा अस्थायी कस्तो पद हो त्यसमा भर पर्दछ । छुट्टीको हकदारीको बारेमा थप जानकारीको लागि: माइयूकेइन्फोको"मेरा अधिकारहरू" खण्ड हेर्नुहोस् । यदि मेरो जागिर गुम्यो भने के मैले आर्थिक सहायता पाउन सक्छु?यदि तपाईंले आफ्नो जागिर गुमाउनु भएको छ र सक्रिय रूपमा अर्को जागिर खोज्दै हुनुहुन्छ भने, तपाईंले बेनिफिटहरू प्राप्त गर्न सक्नुहुन्छ । काम नभएका र काम खोज्दै गरेका व्यक्तिहरूका लागि सबैभन्दा सुलभ आर्थिक सहयोग जबसिकर्स अलाउवेन्स हो । यदि तपाईंले जागिर गुमाउनु भएको छ भने, जबसिकर्स अलाउवेन्स र अन्य बेनिफिटहरूको बारेमा थप जानकारीको लागि: माइयूकेइन्फोमा"मेरा बेनिफिटहरू" खण्डमा "काम" शिर्षक हेर्नुहोस् । कार्यस्थलका विवादहरूको समाधान गर्नको लागि मैले कहाँबाट सहयोग पाउन सक्छु?यदि तपाईंसँग कुनै गम्भीर कार्यस्थल विवाद छ र मद्दत चाहिन्छ भने तपाईंले इम्प्लोएमेन्ट ट्राइब्युनलमा सम्पर्क गर्न सक्नुहुन्छ । तिनीहरुले कामका कानूनी विवादहरू सुल्झाउने काम गर्दछन् । इम्प्लोएमेन्ट ट्राइब्युनलहरूको बारेमा थप जानकारी वा भेदभाव, उत्पीडन वा डरधम्की सम्बन्धी कार्यस्थल विवादको लागि: माइयूकेइन्फोको"काममा समस्या" खण्ड हेर्नुहोस् ।
|


