काममा समस्याहरुयहाँ तपाईंले भेदभाव, उत्पीडन वा डरधम्की सम्बन्धी कामका समस्याहरू समाधान गर्ने बारेमा जानकारी पाउन सक्नुहुन्छ ।
यदि तपाईंलाई काममा भेदभाव, उत्पीडन, डरधम्की सम्बन्धी समस्याहरु भइरहेको छ भने तलका वेबसाइटहरूले तपाईंलाई जानकारी दिन्छन् । तपाईंले रोजगार अदालतलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ । कुनै व्यक्तिलाई निम्न कुरामा काममा भेदभाव गरिनु गैरकानूनी काम हो:
इम्प्लोएमेन्ट ट्राइब्युनल्सइम्प्लोएमेन्ट ट्राइब्युनलले कामका कानूनी विवादहरूको व्यवस्थापन गर्छ । इम्प्लोएमेन्ट ट्राइब्युनलमा आवेदन गर्नु भन्दा पहिले तपाईंले आफ्नो समस्या अन्य कुनै तरिकाबाट समाधान गर्ने प्रयास गर्नुपर्छ । तलका वेबसाइटहरूले कामका समस्याहरूको सामना गर्न सहयोग प्राप्त गर्न वा इम्प्लोएमेन्ट ट्राइब्युनलमा आवेदन गर्न मद्दत प्रदान गर्दछन् । तपाईंले इम्प्लोएमेन्ट ट्राइब्युनल पब्लिक इन्क्वायरी लाइनमा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
इम्प्लोएमेन्ट ट्राइब्युनलको वेबसाइट हेर्नुहोस् । इम्प्लोएमेन्ट ट्राइब्युनल पब्लिक इन्क्वायरी लाइन: 0845 795 9775 उजुरीहरूतपाईंले आफ्नो रोजगारदाता समक्ष जाहेर गर्नुभएको कुनै सरोकार, समस्या वा गुनासोलाई उजुरी भनिन्छ । तपाईंको जागिर, तपाईंका नियम र शर्तहरू, तपाईंको सम्झौता, तपाईंका अधिकारहरू सम्बन्धी समस्याहरू वा तपाईंलाई काममा गरिने व्यवहार जस्ता कुराहरू उजुरीमा पर्न सक्छन् ।
आफ्नो रोजगारदातासँग गुनासो जाहेर गर्ने सबभन्दा राम्रो तरिका भनेको समस्या स्पष्ट पार्न उनीहरूसँग मिटिंग गर्नु हो । यदि तपाईंले आफ्नो गुनासोको सुनुवाइ गराउन सक्नु भएन भने सहयोगको लागि तल उल्लेखित वेबसाइटहरू हेर्नुहोस् ।
डिसिप्लिनरी इस्यु अर प्रोसीडरतपाईंद्वारा गरिएका सम्भावित नराम्रा कार्यहरू जस्तै काममा अनुपस्थिति वा तपाईंको काम गर्ने तरिकाको बारेमा तपाईंको रोजगारदाताले सरोकार व्यक्त गरेमा अनुशासनात्मक मुद्दा वा कारबाही सुरू हुन्छ । उनीहरूले तपाईंसँग अनुशासनात्मक प्रक्रिया सुरू गर्नेछन् जसमा अनुशासनात्मक कारबाही हुनसक्छ । गम्भीर अनुशासनात्मक कारबाहीमा तपाईंको जागिर जाने कुरा पनि पर्न सक्छ ।
अनुशासनात्मक कारबाहीमा संलग्न रहँदा तपाईंले सबभन्दा पहिला आफ्नो रोजगारदातासँग कुरा गर्नुपर्छ । तपाईंले सजिलै स्पष्ट गर्न सक्ने कुनै भ्रम रहेको हुन सक्छ (जस्तै तपाईं कामबाट अनुपस्थित रहेको मितिको डाक्टरको पुर्जा देखाउने) । यदि यसले समस्या समाधान गरेन भने, सहयोगको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।
तपाईंले आफूले गर्ने कुराकानीहरूको ठ्याक्कै के भयो र कहिले भयो भन्ने कुराको टिपोट राख्नु जरूरी हुन्छ ।
भेदभाव सम्बन्धी सहायताको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । भेदभाव र उत्पीडन सम्बन्धी सहायताको लागि सिटिजन्स एड्भाइस ब्युरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस् । कार्यस्थलका विवादहरू सुल्झाउने सहायताको लागि डाइरेक्टगोभको खण्ड हेर्नुहोस् । कामका विवादहरू सुल्झाउने जानकारी र सल्लाहको लागि कम्युनिटी लिगल एड्भाइसको वेबसाइट हेर्नुहोस् । ग्यांगमास्टर्स लाइसेन्सिंग अथोरीटिको वेबसाइट हेर्नुहोस् । |


