मेरा अधिकारहरूयहाँ तपाईंले नेशनल मिनिमम वेज, छुट्टीको समय, बिरामी हुँदाको भुक्तानी र ट्रेड युनियनको सदस्य बन्ने कुराहरु सहित बेलायतमा कामदारको रूपमा आफ्ना अधिकारहरूको बारेमा जानकारी पाउन सक्नुहुन्छ ।
अल्प-कालिन, अस्थायी वा निश्चित अवधिको लागि मात्रै भएपनि यदि तपाईंले काम गर्नुहुन्छ भने, तपाईंका निश्चित अधिकारहरू हुन्छन् । यी अधिकारहरूका केही शर्तहरू हुनसक्छन् तर तपाईंलाई सँधै उचित व्यवहार गरिएको हुनुपर्छ । तपाईंको अधिकारहरु यी कुराहरूसँग सम्बन्धित हुन्छन्:
कर्मचारीको रूपमा, तपाईंसँग आफ्नो सम्झौतामा भएका शर्तहरू अनुसार अधिकारहरू हुन्छन्, जस्तै राष्ट्रिय न्यूनतम ज्यालाको अधिकार, बिमारी भुक्तानीको अधिकार, छुट्टीको भुक्तानीको अधिकार, र ट्रेड युनियनको सदस्य बन्न पाउने अधिकार ।
नेशनल मिनिमम वेजनेशनल मिनिमम वेज (एन.एम्.डब्लु.) भनेको बेलायतमा कामदारहरूलाई प्रति घण्टा दिइनु पर्ने न्यूनतम रकम हो । केही अपवादहरू बाहेक, यो स्कूल छोड्ने उमेर पार गरेका सबै कामदारहरूमा लागू हुन्छ । बेलायतका सबै कामदारहरूलाई कम्तिमा पनि नेशनल मिनिमम वेज भुक्तानी दिनु पर्छ । बर्तमान दरहरू निम्नअनुसार छन्:
यदि तपाईंलाई नेशनल मिनिमम वेज भन्दा कम भुक्तानी दिइँदै छ भने तपाईंले नेशनल मिनिमम वेज हेल्पलाइनमा नि:शुल्क र गोप्य रूपमा सम्पर्क गर्न सक्नुहुन्छ ।
पे एण्ड वेज राइट्स हेल्पलाइन: 0800 917 2368*
सोमबार-शुक्रबार ९:००-५:०० बेलुका
नेशनल मिनिमम वेजको बारेमा थप जानकारीको लागि तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ:
नेशनल मिनिमम वेजको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइटहरू हेर्नुहोस् । स्ट्याटुटरी सिक पे (एस.एस.पि.)बिरामी हुँदाको भुक्तानी, जसलाई स्ट्याटुटरी सिक पे (एस.एस.पि.) पनि भनिन्छ, बिमारीको कारणले गर्दा काम गर्न नसक्ने कर्मचारीहरूलाई दिइन्छ । तपाईंको रोजगारदाताले बढीमा २८ हप्तासम्म एस.एस.पि.भुक्तानी गर्छन् ।
एस.एस.पि. कुनै खास बिमारी वा उपचारको लागि नभई सबै कर्मचारीहरूलाई दिइन्छ जो काम गर्न असक्षम छन् र जसको अवस्था भुक्तानीका परिस्थितिहरू भित्र पर्दछन् ।
स्ट्याटुटरी सिक पेको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । छुट्टिको समय१ अप्रिल २००९ देखि सबै कर्मचारीहरूसँग कम्तीमा पनि ५.६ हप्ता ’ वार्षिक तलवी बिदा पाउने वैधानिक अधिकार हुन्छ (त्यो भनेको यदि तपाईं हप्तामा ५ दिन काम गर्नुहुन्छ भने कम्तीमा पनि २८ दिनको तलवी बिदा) । यदि तपाईं आंशिक रूपमा काम गर्नुहुन्छ भने, तपाईं त्यही अनुपातको छुट्टीको हकदार हुनुहुन्छ (त्यसैले, तपाईंले काम गर्ने साबिकको समयको ५.६ गुणा) ।
आफ्नो बिदाको समयको बारेमा तपाईंले थाहा पाउनु पर्ने मुख्य कुराहरु:
छुट्टीको समयको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । ट्रेड युनियनहरूट्रेड युनियन कामदारहरूको एक संगठित समूह हो । यसको मुख्य उद्देश्य आफ्ना सदस्यहरूको हितको सुरक्षा र प्रवर्धन गर्नु हो । प्राय:जसो ट्रेड युनियनले रोजगारदाताहरूसँग भुक्तानी र शर्तहरूको सम्झौता व्यवस्थापन गर्ने काम गर्दछ । यसले आफ्ना सदस्यहरूलाई कानूनी र आर्थिक परामर्श, बिरामी भत्ता र शैक्षिक बेनिफिटहरू पनि प्रदान गर्न सक्छ ।
ट्रेड युनियनहरूको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । आफ्ना अधिकारहरूको बारेमा थप जानकारीको लागि तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ:
डाइरेक्टगोभको वेबसाइटमा कामदारहरूको अधिकार पृष्ठ हेर्नुहोस्। आफ्ना अधिकारहरूको बारेमा थप जानकारीको लागि सिटिजन्स एड्भाइस ब्युरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस् । कामदारहरूको अधिकारहरूको बारेमा थप जानकारीको लागि र आफ्नो रोजगारदातासँगका कुनै समस्या रिपोर्ट गर्नु परेमा ग्यांगमास्टर्स लाइसेन्सिंग अथोरिटीको वेबसाइट हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


