मेरा बेनिफिटहरूयहाँ तपाईंले काम सम्बद्ध बेनिफिटहरूको बारेमा जानकारीहरू पाउन सक्नुहुन्छ । वर्किङ ट्याक्स क्रेडिट कामदारहरुको लागि सबभन्दा सुलभ बेनिफिटहरू मध्ये एक हो । वर्किंग ट्याक्स क्रेडिटयदि तपाईं काम गर्नुहुन्छ तर न्यून ज्याला पाउनुहुन्छ भने तपाईंले वर्किङ ट्याक्स क्रेडिट पाउन सक्नुहुन्छ । योग्य हुनको लागि तपाईंको उमेर १६ बर्ष वा सो भन्दा बढी भएको हुनुपर्छ र :
वर्किङ ट्याक्स क्रेडिट सम्बन्धी राष्ट्रिय निकाय एच.एम्. रेभेन्यु एण्ड कस्टम्स (एच.एम्.आर.सी.) हो । तिनीहरूले थप जानकारी दिन र तपाईं वर्किङ ट्याक्स क्रेडिट प्राप्त गर्न योग्य हुनुहुन्छ कि हुन्न भनेर भन्न सक्छन् । एच.एम्.आर.सी.: 0845 300 3900* सोमवार-आइतवार बिहान ८ बजे- बेलुकी ८ बजे वर्किङ ट्याक्स क्रेडिट र अन्य ट्याक्स क्रेडिटहरुको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् : ट्याक्स क्रेडिट सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । आफू कुन ट्याक्स क्रेडिटको लागि योग्य छु भनेर थाहा पाउनको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् । तपाईंले काम खोज्दै गर्दा तलका बेनिफिटहरू प्राप्त गर्न सक्नुहुन्छ :जवसिकर्स एलावेन्स (जे.एस.ए.)जवसिकर्स एलावेन्स काम नपाएका तर काम गर्ने उमेरका व्यक्तिहरूको लागि मुख्य बेनिफिट हो । जे.एस.ए. दुई प्रकारको हुन्छ, योगदानमा आधारित र आम्दानीमा आधारित । तपाईंले कुन चाहिँ पाउनुहुन्छ भन्ने कुरा विगतमा पर्याप्त नेसनल इन्सोरेन्स कन्ट्रीब्युसन (एन.आइ.सी.एस्.) तिर्नु भएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ । जवसिकर्स एलावेन्स (जे.एस.ए.)को बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । इन्कम सपोर्टयदि तपाईं पूर्णकालिन कामको लागि उपलब्ध हुन सक्नुहुन्न र खान बस्नको लागि पर्याप्त पैसा छैन भने, तपाईंले इन्कम सपोर्ट पाउन सक्नुहुन्छ । तपाईंको योग्यता पुग्छ कि पुग्दैन वा तपाईंले कति पाउनुहुन्छ भन्ने कुरा तपाईंको परिस्थितिहरूमा भर पर्छ । कृपया याद गर्नुहोस् - एकल आमाबाबुहरुको लागि इन्कम सपोर्टमा परिवर्तन भएको छ । इन्कम सपोर्टको बारेमा थप जानकारीको लागि र आफू योग्य छु कि छैन भनेर थाहा पाउनको लागि, तल दिइएका मध्ये कुनै एक कडी हेर्नुहोस् । इन्कम सपोर्टको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । तपाईंले काममा फर्कंदा तलका बेनिफिटहरू प्राप्त गर्न सक्नुहुन्छ :एक्स्टेण्डेड पेमेन्ट अफ हाउजिंग बेनिफिटजब तपाईं काममा फर्कंदै हुनुहुन्छ, धेरै घण्टा काम गर्दै हुनुहुन्छ वा धेरै पैसा कमाउँदै हुनुहुन्छ, र यसको कारण केही अन्य बेनिफिटहरू रोकिन्छ, त्यो बेलामा हाउजिंग बेनिफिटले अतिरिक्त चार हप्ताको घरभाडा तिर्न मद्दत गर्छ । एक्स्टेण्डेड पेमेन्ट अफ काउन्सिल ट्याक्स बेनिफिटजब तपाईं काममा फर्कंदै हुनुहुन्छ, धेरै घण्टा काम गर्दै हुनुहुन्छ वा धेरै पैसा कमाउँदै हुनुहुन्छ, र यसको कारण केही अन्य बेनिफिटहरू रोकिन्छ, त्यो बेलामा काउन्सिल ट्याक्स बेनिफिटले अतिरिक्त चार हप्ताको काउन्सिल ट्याक्स तिर्न मद्दत गर्छ । अथवा थप जानकारीको लागि तपाईंले आफ्नो स्थानीय परिषदमा सम्पर्क गर्न सक्नुहुन्छ । आफ्नो स्थानीय परिषद् पत्ता लगाउन र त्यहाँ सम्पर्क गर्नको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । जब ग्रान्टयो एक पटक दिइने कर-मुक्त भुक्तानी हो जब तपाईं वा तपाईंको श्रीमान/श्रीमती वा जीवन साथीले काम गर्न सुरु गर्छन् र बेनिफिटहरु प्राप्त हुन बन्द हुन्छ । जब ग्रान्टको बारेमा कसैसँग कुरा गर्नका लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । यदि तपाईं बिरामी वा विकलाङ्ग हुनुहुन्छ भने तलका बेनिफिटहरू प्राप्त गर्न सक्नुहुन्छ :रीड्युस्ड अर्निंग एलावेन्सयदि तपाईं १ अक्टोबर १९९० भन्दा अगाडि भएको कुनै काम-सम्बद्ध दुर्घटना वा रोगको कारण भएको दुर्घटना, बिमारी वा रोगले गर्दा सामान्यता कमाउने जति कमाउन सक्नुहुन्न भने रीड्युस्ड अर्निंग एलावेन्सको लागि योग्य हुन सक्नुहुन्छ । रीड्युस्ड अर्निंग एलावेन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । बेलायतमा उपलब्ध विकलाङ्गता बेनिफिटहरुको बारेमा थप जानकारीको लागि कृपया डाइरेक्टगोभ वा सिटिजन्स एड्भाइस ब्युरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस् । विकलाङ्गता बेनिफिटहरुको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । डिस्एबिलिटि एम्प्लोयमेन्ट एड्भाइजर्सयदि तपाईंलाई विकलाङ्गताको कारण अतिरिक्त रोजगार सहायता चाहिन्छ भने, तपाईंको स्थानीय जबसेन्टरले तपाईंलाई उनीहरको कुनै एक डिस्एबिलिटि एम्प्लोयमेन्ट एड्भाइजर्स (डी.इ.ए.एस्.)सँग सम्पर्क गराई दिन सक्छन् । तपाईंले काम नगरेको धेरै समय भएको वा तपाईंसँग थोरै वा कत्ति पनि अनुभव नभएको भएपनि उनीहरुले तपाईंलाई नयाँ सीपहरू सिक्न वा जागिर खोज्न मद्दत गर्न सक्छन् । यदि तपाईंका बच्चा छन् वा तपाईं गर्भवती हुनुहुन्छ भने, बेनिफिटहरूको बारेमा जानकारीको लागि:परिवार बेनिफिट खण्ड हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


