Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

सल्लाह र सहयोग

यहाँ तपाईंले सी.भी.को तयारी र अन्तरवार्ताको लागि सहयोग सहित नयाँ जागिरको तयारीको लागि सल्लाह, सहयोग र जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
 
जब तपाईंले जागिरको लागि आवेदन गर्नुहुन्छ, तपाईंलाई सामान्यता एउटा आवेदन फारम भर्न र साथै सी.भी. पनि उपलब्ध गराउन अनुरोध गरिन्छ ।  आवेदन फारममा मागिएका सबै जानकारीहरू दिनु जरूरी हुन्छ ।

सी.भी. तयार गर्ने

सी.भी. वा éव्यक्तिगत विवरण é तपाईंको र तपाईंको विगतको रोजगार, सीप र अनुभवहरू बारेका तथ्यहरूको छोटो सूची हो । काम खोज्नको लागि एउटा राम्रो सी.भी. हुनु जरुरी हुन्छ ।
 
आफ्नो सी.भी.मा तपाईंले निम्न कुराहरू समावेश गर्नुपर्छ:
  • आफ्नो नाम
  • आफ्नो ठेगाना
  • आफ्नो फोन नम्बर
  • आफ्नो इमेल ठेगाना (यदि छ भने)
  • आफ्नो विगतका रोजगारीहरूको विवरण (कुनै मितिहरूको बीचमा खालि ठाउँ नछोड्नुहोस्, रोजगारदाताहरूले तपाईंले एउटा जागिर छोडेर नयाँ जागिर सुरु नगर्दासम्म के गर्नुभयो भन्ने जान्न चाहन्छन् ।)
  • आफ्नो औपचारिक योग्यताहरू
  • आफ्ना दक्षता र अन्य सीपहरू (जस्तै कम्प्युटर सम्बन्धी दक्षता)
  • आफ्ना रिफरेन्सहरू (विगतका रोजगारदाताहरू वा व्यक्तिगत रिफरेन्स उपलब्ध गराउन सक्ने व्यक्तिहरू)
सी.भी.तयार गर्ने बारे थप सहयोगको लागि, तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ:

डाइरेक्टगोभको वेबसाइटको निम्न खण्ड हेर्नुहोस्: सी.भी. लेख्ने ।

वर्क स्मार्ट वेबसाइटको निम्न खण्ड हेर्नुहोस्: तपाईंको सी.भी.।

अन्तरवार्ताको लागि सहयोग

अन्तरवार्तामा बोलाइनुको मतलब तपाईंको आवेदनले राम्रो प्रभाव पारेको हुनुपर्छ ।  अब तपाईं आफू अन्तरवार्तामा सफल हुने कुरा सुनिश्चित गर्नका लागि तयारी गर्नुपर्छ । 
 
अन्तरवार्ताको तयारीको सहयोगको लागि, तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ:

अन्तरवार्ताको तयारीको सहयोगको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस्:

अन्तरवार्ताको तयारीको सहयोगको लागि नेक्स्टस्टेपको वेबसाइट हेर्नुहोस्:

उपयोगी फोन नम्बरहरू:

सी.भी.तयार गर्न वा जागिर खोज्नको लागि सहयोग पाउन जवसेन्टर प्लसको एक सेवा जवसेन्टर प्लस टेलिफोन जवसर्च,मा फोन गर्न सक्नुहुन्छ ।
 
जवसेन्टर प्लस टेलिफोन जवसर्च: 0845 606 0234*
 
सोमवार-शुक्रवार बिहान ८ बजे-बेलुकी ६ बजे
 
करियर, सिकाइ तथा कामको बारेमा विभिन्न भाषाहरूमा सल्लाह र सहयोगको लागि तपाईंले नेक्स्ट स्टेप मा फोन गर्न सक्नुहुन्छ |
 
नेक्स्ट स्टेप:0800 100 900*
 
सोमवार- आइतवार बिहान ८ बजे- बेलुका १० बजे
 
यदि तपाईं इंग्ल्यान्डमा बस्नुहुन्छ र १३-१९ बर्षको हुनुहुन्छ (वा १३-२५ बर्ष यदि तपाईं विकलाङ्ग वा सुस्त मनस्थितिको हुनुहुन्छ) र काम खोज्नको लागि वा करीयरहरुको बारेमा सल्लाह चाहनुहुन्छ भने कनेक्सन्स डाइरेक्टमा फोन गर्नुहोस् ।
 
कनेक्सन्स डाइरेक्ट: 0808 001 3219*
 
सोमवार-आइतवार बिहान ८ बजे देखि बिहान २ बजे
 
(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet