स्वास्थ्य र सुरक्षायहाँ तपाईंले बेलायतमा कामदारको रूपमा स्वास्थ्य र सुरक्षा जानकारीहरू पाउन सक्नुहुन्छ । आफ्ना कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाको लागि सबै रोजगारदाताहरू जिम्मेवार हुन्छन् । उदाहरणको लागि उनीहरूले प्राथमिक उपचार उपकरण, आगलागी हुँदाको अवस्थामा निस्कनको लागि समुचित साधनहरू, व्यक्तिगत सुरक्षात्मक उपकरण (पि.पि.इ.) उपलब्ध गराउनु पर्छ र सबै मेसिनरी सुरक्षित भएको सुनिश्चित गर्नुपर्छ । हेल्थ एण्ड सेफ्टी एक्जिक्युटिभ (एच.एस.इ.)को वेबसाइट हेर्नुहोस् । ग्रेट ब्रिटेन (जी.बि.)मा स्वास्थ्य र सुरक्षा नियम लागू गराउने जिम्मेवारी हेल्थ एण्ड सेफ्टी एक्जिक्युटिभ (एच.एस.इ.) र स्थानीय निकायहरूको हो । यहाँ कानूनी वा गैरकानूनी जस्तो सुकै रुपमा काम गर्दै आएको भए पनि, यो कानूनले बिदेशी कामदारहरूलाई सुरक्षा प्रदान गर्दछ यो वेबपेजको जानकारी धेरै भाषाहरुमा उपलब्ध छ । एच.एस.इ.सँग पनि एउटा इन्फर्मेसन लाइन छ ।
हेल्थ एण्ड सेफ्टी एक्जिक्युटिभ (एच.एस.इ.) इन्फर्मेसन लाइन : 0845 345 0055* डाइरेक्टगोभ वेबसाइटको हेल्थ एण्ड सेफ्टी खण्ड हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


