Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

काम पाउने

यहाँ तपाईंले काम खोज्ने र रोजगार एजेन्सीहरूको बारेमा जानकारीहरू पाउन सक्नुहुन्छ ।.

यदि तपाईं बेलायतमा काम बिना आउनुभएको छ भने कामहरु खोज्ने विभिन्न उपायहरू छन्: 

  • अखबारहरू मार्फत
  • इन्टरनेट मार्फत
  • रिक्रुटमेन्ट गर्ने एजेन्सीहरूमा दर्ता भएर
  • शिल्प सम्बन्धी पत्रिकाहरुमा
  • तपाईंले चिनेका साथी र अन्य व्यक्तिहरू मार्फत

बेलायतमा जागिर खोज्ने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू उपयोगी हुन सक्छन् ।

जागिरको खोजी गर्न सुरु गर्ने सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

जागिरहरुको खोजी कहाँ गर्ने भन्ने सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस्।

डाइरेक्टगोभको वेबसाइटको जागिर खोज्नेहरुको खण्ड हेर्नुहोस् ।

काम खोज्दै गरेका युवाहरूको सल्लाह र मद्दतको लागि कनेक्सन्स वेबसाइट हेर्नुहोस् ।

रोजगार वा रिक्रुटमेन्ट एजेन्सी भनेको के हो?

रोजगार एजेन्सी एक त्यस्तो कम्पनी हो जसले उपलब्ध जागिरहरु अनुरूपको कामदारहरुको मेल गराउँछ ।  कुनै पद पूर्ती गर्न खोजेको रोजगारदाताले कामदारहरूको सूची तयार गर्न एक रिक्रुटमेन्ट एजेन्सीलाई नियुक्त गर्दछ ।  एजेन्सीले उम्मेदवारहरुको सूची हेरेर छनोट गर्दछ र उम्मेदवारहरुको सूची रोजगारदातालाई पठाउँछ ।  त्यसपछि रोजगारदाताले अन्तरवार्ता लीन सक्छन् ।

रोजगार/रिक्रुटमेन्ट एजेन्सीहरुको बारेमा थप जानकारीको लागि वर्कस्मार्टको वेबसाइट हेर्नुहोस् ।

कुनै रोजगार एजेन्सी पत्ता लगाउनका लागि तपाईं रिक्रुटमेन्ट & इम्प्लोएमेन्ट कन्फेडेरेसन (आर.इ.सी.)मा जान सक्नुहुन्छ ।  आर.इ.सी. शिल्प सम्बन्धी त्यस्तो निकाय हो जसले बेलायतका ८,००० भन्दा बढि रिक्रुटमेन्ट एजेन्सीहरूलाई समर्थन र प्रतिनिधित्व गर्दछ ।

रिक्रुटमेन्ट & इम्प्लोएमेन्ट कन्फेडेरेसनको वेबसाइट हेर्नुहोस् ।  

यदि तपाईंलाई आफ्नो रोजगारदाता वा रिक्रुटमेन्ट कम्पनीले नराम्रो व्यवहार गरे जस्तो लाग्छ भने इम्प्लोएमेन्ट एजेन्सी स्ट्यान्डर्डस् हेल्पलाइन 0845 955 5105* मा सोमवार देखि शुक्रवार ९:००-१७:०० बजेको बीचमा फोन गर्न सक्नुहुन्छ ।

(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet