Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतका बैंक छुट्टिहरू

यो खण्डले बेलायतका बैंक छुट्टिहरू तथा बेलायतको ग्रीष्मकालीन समयको बारेमा जानकारी प्रदान गर्दछ ।

बैंक छुट्टिहरू

बेलायतमा बैंक र अन्य धेरै व्यवसायहरू बन्द रहने बैंक छुट्टीहरूको बेलामा सार्वजनिक छुट्टि हुन्छ ।  तपाईं बेलायतको कुन ठाउँमा बस्नुहुन्छ त्यस अनुसार बैंक छुट्टीको मिति फरक पर्छ ।

बेलायतको बैंक छुट्टि कहिले पर्छ भनेर थाहा पाउनको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बेलायतको ग्रीष्मकालीन समय

ब्रिटिश समर टायम (बि.एस.टि.)मा घडीको सुई अगाडि र पछाडि घुमाइन्छ ।  बि.एस.टि. मार्चको अन्तिम आइतवार सुरु हुन्छ र अक्टोबरको अन्तिम आइतवार ग्रीनवीच मिन टाइम (जी.एम्.टि.) को बिहान १ बजे सकिन्छ ।

वसन्त ऋतुमा घडीको सुईलाई १ घण्टा अगाडी घुमाइन्छ, त्यसैले जी.एम्.टि.को १ बजे बिहान बि.एस.टि.को २ बजे बिहान हुन्छ ।

शरद ऋतुमा घडीको सुईलाई १ घण्टा पछाडि घुमाइन्छ, त्यसैले बि.एस.टि.को २ बजे बिहान जी.एम्.टि.को १ बजे बिहान हुन्छ ।   

No votes yet