Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

तपाईंलाई थाहा हुन जरुरी कुराहरु

यो खण्डले बेलायतमा आएपछि तपाईंको जीवन सहज बनाउन र उपयोगी कुराहरु जस्तै टिभीको अनुमतिपत्र, फोहरमैला विसर्जन र रिसाइक्लिङ, बेलायतमा उपभोक्ता जानकारी, चालचलन र रीतिरिवाजहरू, बेलायतमा आफ्नो पाल्तु जनावर ल्याउने, बेलायतमा आफ्नो पूजाआजा गर्ने ठाउँ पत्ता लगाउने र बन्दुक र चक्कु सम्बन्धी नियमहरुको बारेमा जानकारीहरू खोज्न मद्दत गर्नेछ ।

टिभीको अनुमतिपत्र

यदि तपाईंसँग टिभी छ र तपाईं बेलायत बस्दै हुनुहुन्छ भने तपाईंसँग टिभीको अनुमतिपत्र हुनु जरूरी छ ।

तपाईंको टिभीको अनुमतिपत्र पाउने वा नविकरण गर्ने जानकारीको लागि टिभी लाइसेन्सिंगको वेबसाइट हेर्नुहोस्।.
यो वेबसाइटको पुछारमा अनुवादित जानकारी छ ।
 

नि:शुल्क टिभी अनुमतिपत्र कसरी पाउन सकिन्छ भन्ने बारेको जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

फोहरमैला विसर्जन तथा रिसाइक्लिङ

फोहरमैला विसर्जन तथा रिसाइक्लिङ गर्ने तरिका तपाईं बस्ने ठाउँ अनुसार फरक हुनेछ । तपाईंको छिमेकमा फोहरमैला विसर्जन कसरी गरिन्छ भन्ने बारेमा आफ्नो स्थानीय परिषदमा बुझ्नुहोस् ।

डाइरेक्टगोभको वेबसाइटमा आफ्नो स्थानीय परिषदको वेबसाइट पत्ता लगाउन आफ्नो पोस्टकोड हाल्नुहोस् ।

बेलायतमा किनमेल गर्ने

बेलायतमा यदि तपाईं, कार देखि फोन वा किराना सामग्रीहरूसम्म, कुनै पनि प्रकारका किनमेल गर्दै हुनुहुन्छ भने, यदि कुनै कुरा ठिक नभएमा के अपेक्षा गर्ने र तपाईंको अधिकार के हुन्छ भन्ने बारेमा सल्लाह प्राप्त गर्न सक्नुहुन्छ ।

सामाग्रीहरु किनमेल गर्दा हुने अधिकार र खराब, ठगी र टुटफुटको अवस्थाको सामना कसरी गर्ने भनेर सूचना प्राप्त गर्न डाइरेक्टगोभको वेबसाइटमा जानुहोस् । ’.

चालचलन र रितीरिवाज

लाइन लाग्ने:

बेलायतमा यो सामान्य चलन छ। मानिसहरु हुलाक कार्यालय, किराना पसल, बैंक, पैसा निकाल्ने मेशिन र बसस्टपमा लाइनमा बस्छन् । आफ्नो पालो कुर्न धैर्यताका साथ लाइनमा बस्ने चलन छ । धेरै सार्वजनिक स्थलहरू, जस्तै बैंक, हुलाक कार्यालय र पसलहरूमा तपाईंको सेवा गरिने झ्याल वा डेस्कसम्म पुग्ने गरी डोरी र खम्बाहरू लगाइएको हुन्छ, जसको नजिकै “यहाँ लाइन लाग्नुहोस् ” लेखिएको एक संकेत हुन्छ । लाइनको अन्तिम व्यक्तिको पछाडि लाइन लागि आफ्नो पालो कुर्ने चलन हुन्छ ।

कुकुरलाई हिँडाउँने:

यदि तपाईंको कुकुरले सार्वजनिक स्थानमा फोहर गर्छ भने, डग एक्ट १९९६ अन्तर्गत, तपाईंले त्यो फोहर सफा गर्नुपर्छ । कुकुर हिँडाउँदा, कुकुरको फोहर टिप्नको लागि आफूसँग एउटा झोला लिएर जानुहोस्; यसलाई या त कुकुरको फोहर हाल्ने टोकरीमा (सामान्यतया यो रातो हुन्छ) हाल्नुहोस् या आफूसँग घर ल्याएर फाल्नुहोस् । तपाईंले आफ्नो स्थानीय परिषदमा सफा नगरिएको कुकुरले गरेको फोहरको बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ ।

बेलायतमा पाल्तु जनावर ल्याउने

यदि तपाईं आफ्नो पाल्तु जनावर बेलायतमा ल्याउन चाहनुहुन्छ भने, यात्रा गर्नु भन्दा पहिला तपाईंले धेरै कदमहरू चाल्नुपर्छ । यो सम्बन्धी जानकारी द डिपार्टमेन्ट अफ एन्भारोमेन्ट, फुड एण्ड रुरल अफेयर्स (डी.इ.एफ.आर.ए.)सँग हुन्छ ।

बेलायतमा आफ्नो पाल्तु जनावर ल्याउने सम्बन्धी जानकारीको लागि डी.इ.एफ.आर.ए.को वेबसाइट हेर्नुहोस् ।

म चर्च वा पूजाआजा गर्ने ठाउँ पत्ता लगाउन चाहन्छु

आफ्नो स्थानीय चर्च वा पूजाआजा गर्ने ठाउँ पत्ता लगाउनको लागि तलका कडीहरूले तपाईंलाई मद्दत गर्न सक्छन्:

चर्च खोज्नुहोस् ।
 

मस्जिद खोज्नुहोस् ।
 

कुनै आस्था समूह खोज्नुहोस् ।

बन्दुक र चक्कु सम्बन्धी कानूनहरू

सार्वजनिक स्थलहरुमा बन्दुक, चक्कु वा अन्य कुनै आक्रामक हतियार लिएर जानु गैरकानूनीकाम हो र यो दण्डनीय अपराध हो । कुनै पनि धारिलो वा तीखो हतियारलाई आक्रामक हतियार मानिन्छ । चक्कु बोक्ने वयस्क व्यक्तिलाई दिइने अधिकतम सजायँ ४ बर्ष कारावास र £५००० जरिवाना हो ।

चक्कु सम्बन्धी कानूनहरूको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइटको अपराध तथा न्याय खण्ड हेर्नुहोस्

 

No votes yet