यो खण्डले तपाईंलाई कार, मोटरसाइकल, बस वा कोचबाट यात्रा गर्न बाटोहरु पत्ता लगाउन र बेलायतको सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि सहयोग गर्नेछ । यो खण्डमा बेलायतमा साइकल चलाउने बारेमा पनि जानकारी छ ।
सवारीसाधन सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभ वेबसाइट हेर्नुहोस् ।
डाइरेक्टगोभमा सवारीचालक अनुमतिपत्र, जीवनयापनका लागि सवारी चलाउने, सवारीसाधनको किनबेच गर्ने, सवारीसाधन दर्ता गर्ने, सवारीचालक सुरक्षा, सवारी चलाउन सिक्ने, सवारीसाधन आफ्नो बनाउने, र सवारी अपराधको बारेमा जानकारी छ ।
सडक यात्रा जानकारीको लागि ट्रान्सपोर्ट डाइरेक्टको वेबसाइट हेर्नुहोस् ।
ट्रान्सपोर्ट डाइरेक्टले यात्राको योजना बनाउन र बेलायतको वरिपरि यात्रा गर्न जानकारी प्रदान गर्दछ ।
ड्राइभर एण्ड भेइकल लाइसेन्सिंग एजेन्सी (डी.भी.एल.ए.)को वेबसाइट हेर्नुहोस् ।
ड्राइभर एण्ड भेइकल लाइसेन्सिंग एजेन्सी (डी.भी.एल.ए.)ले सडक सुरक्षालाई प्रोत्साहन गर्छ र सवारीचालक र सवारीसाधनहरूको अभिलेख राखेर र सवारीसाधन कर (सडक कर) असुलेर सामान्य कानुन पालना गर्न मद्दत गर्छ ।
ड्राइभिङ्ग स्ट्यान्डर्ड एजेन्सी (डी.एस.ए.)को वेबसाइट हेर्नुहोस् ।
ड्राइभिङ्ग स्ट्यान्डर्ड एजेन्सी (डी.एस.ए.)सँग परीक्षण आवश्यकताहरू सहित कार, लरी, बस वा ट्याक्सी र मोटरसाइकल चलाउने सम्बन्धी जानकारीहरू हुन्छ ।
थिङ्क! रोड सेफ्टी वेबसाइट हेर्नुहोस् ।
थिङ्क! रोड सेफ्टीमा सवारीचालकहरू, मोटरसाइकल र साइकल चालकहरूको सुरक्षाको बारेमा जानकारी उपलब्ध छ ।
रोयल सोसाईटी फर द प्रिभेन्सन अफ एक्सिडेन्ट्स (आर.ओ.एस.पि.ए.)को वेबसाइट हेर्नुहोस् ।
आर.ओ.एस.पि.ए. जानकारी, सुझाव, साधन श्रोतहरु तथा तालिम प्रदान गरेर सुरक्षा प्रवर्द्धन गर्न र सडकमा हुने दुर्घटनाहरूको रोकथाम गर्ने काममा संलग्न छ ।