यो खण्डले बेलायतमा बस्दाको तपाईंको अधिकार र उत्तरदायित्वहरूको बारेमा जानकारी प्रदान गर्दछ ।
बेलायतमा रहँदा, तपाईंसँग निम्न अधिकारहरू हुन्छन्:
- तपाईंको जाति, लिङ्ग, उमेर, धर्म, लैंगिकता वा कुनै विकलाङ्गता जे सुकै भए पनि उचित व्यवहार गरीईनेछ
- आफ्नो धर्म मान्न पाउने हुनेछ
तपाईंका उत्तरदायित्वहरू:
- कानूनको पालना गर्नु
- आफ्नो बालबच्चाहरूको रेखदेख गर्नु (उदाहरणको लागि, कुनै वयस्क व्यक्तिले १६ बर्ष मुनिका बालबच्चाहरूको निगरानी गर्नुपर्छ, र पाँच देखि १६ बर्ष बीचका बालबच्चाहरू स्कूल जानुपर्छ ।)
- आफू बस्ने ठाउँ नजिकैको प्रहरी चौकीमा दर्ता हुनु (यदि तपाईंलाई बेलायतमा छ महिना भन्दा बढि समय बस्ने अनुमति दिइएको छ भने)
आफ्नो अधिकार र उत्तरदायित्व सम्बन्धी बढि जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।