बेलायतको जीवनको बारेमा धेरै जसो सोधिने प्रश्नहरूयहाँ तपाईंले बेलायतको जीवन सम्बन्धी धेरै जसो सोधिने प्रश्नहरू देख्न सक्नुहुनेछ । के मैले इ.इ.ए.को मेरो सवारीचालक अनुमतिपत्र बेलायतको सवारीचालक अनुमतिपत्रमा बदल्न सक्छु ?यदि तपाईंसँग इ.इ.ए.(युरोपेली आर्थिक क्षेत्र)को सवारीचालक अनुमतिपत्र छ भने तपाईंले प्रिमियम जाँच सेवा प्रयोग गरी यसलाई बेलायतको सवारीचालक अनुमतिपत्रमा बदल्न सक्नुहुन्छ । प्रिमियम जाँच सेवा वा आफ्नो अनुमतिपत्र बेलायतको अनुमतिपत्रमा बदल्ने सम्बन्धी थप जानकारीको लागि: डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् : विदेशको आफ्नो अनुमतिपत्र बदल्ने ।a> बेलायतमा इ.इ.ए. वा इ.सी.(युरोपेली समुदाय) को चालक अनुमतिपत्रले सवारी चलाउने बारेको जानकारीको लागि: बेलायतमा बच्चा जन्मिँदा मैले कसरी दर्ता गराउनु पर्छ ?बेलायतमा बच्चा जन्मिँदा दर्ता गराउने सम्बन्धी जानकारीको लागि:
म बेलायतमा विवाह गर्न चाहन्छु, मैले के गर्नुपर्छ ?यदि तपाईं धार्मिक विवाह समारोह गर्न चाहनुहुन्छ भने, तपाईंले सजिलैसँग चर्च वा विवाहका लागि दर्ता गरिएको अन्य कुनै भवनमा विवाह गर्न सक्नुहुन्छ । यदि तपाईं पार्टनरसीप वा नागरिक विवाह गर्न चाहनु हुन्छ भने, तपाईं सामान्यतया दर्ता कार्यालयमा जान सक्नुहुन्छ । जब तपाईं विवाह गर्नुहुन्छ वा प्रणयसुत्रमा बाँधिनु हुन्छ, तपाईंले सूचना दिने वा विवाह दर्ता गर्ने जस्ता कानूनी आवश्यकताहरू पुरा गर्नुपर्छ । बेलायतमा विवाह गर्न वा प्रणयसुत्रमा बाँधिन वा तिनीहरुको दर्ता गर्ने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।
यदि तपाईं इंग्ल्यान्ड वा वेल्समा बस्नुहुन्छ भने:
यदि नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने:
यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने:
बेलायतमा कुनै मृत्यु मैले कसरी दर्ता गराउनु पर्छ ?कुनै पनि मृत्यु सकेसम्म चाँडो दर्ता गराउनु जरूरी हुन्छ ।
यदि तपाईं इंग्ल्यान्ड वा वेल्समा बस्नुहुन्छ भने सामान्यतया तपाईंले ५ दिन भित्र मृत्यु दर्ता गराउनु पर्दछ,
यदि तपाईं उत्तरी आयरल्याण्डमा बस्नुहुन्छ भने, उक्त व्यक्ति मरेको जिल्ला वा सामान्यतया बसोबास गर्ने गरेको जिल्लाको रजिस्ट्रारसँग ५ दिन भित्र मृत्यु दर्ता गराउनु पर्दछ ।div>
यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने, तपाईंले ८ दिन भित्र जुनसुकै दर्ता जिल्लामा रहेको जन्म, मृत्यु र विवाह रजिस्ट्रारसँग मृत्यु दर्ता गराउनु पर्छ :
|


