लाईफ इन द युके टेस्टयो खण्डले लाईफ इन द युके टेस्टको बारेमा जानकारी प्रदान गर्दछ । बेलायतको नागरिक बन्न वा बेलायतमा स्थायी रुपमा बस्नको लागि आवेदन गर्न तपाईंले लाईफ इन द युके टेस्ट दिनुपर्ने हुनसक्छ । यदि तपाईंले बेलायतको नागरिक बन्नको लागि वा रहनको लागि असीमित छुट्टीको लागि आवेदन गर्दै हुनुहुन्छ भने तपाईंले आफूलाई बेलायतको जीवनको बारेमा थाहा छ भनेर देखाउन पर्ने हुन्छ । यदि तपाईं इंग्ल्यान्ड, स्कटल्याण्ड, वेल्स वा नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने, तपाईंले यो दुई तरिकाबाट गर्न सक्नुहुन्छ: लाईफ इन द युके टेस्ट दिएर वा इंग्लिश फर स्पिकर्स अफ अदर ल्यांग्वेज (इ.एस.ओ.एल.) दिएर र नागरिक कक्षाहरू लिएर ।
लाईफ इन द युके टेस्टको बारेमा थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् । थप जानकारीको तपाईंले लाईफ इन द युके टेस्ट हेल्पलाइनमा पनि फोन गर्न सक्नुहुन्छ ।
लाईफ इन द युके टेस्ट हेल्पलाइन: 0800 0154245*
(*यो हेल्पलाइन अरु विभिन्न भाषाहरुमा उपलब्ध छ, जुन कुरा माथिको वेबसाइटको देब्रेतर्फ उपलब्ध छ ।)
|


