दोहोरो नागरिकतायो खण्डले दोहरो नागरिकताको बारेमा जानकारी प्रदान गर्दछ । जब तपाईंको बेलायतको नागरिकताको आवेदन सफल हुन्छ, तपाईंले बेलायतको नागरिक बन्न तपाईंको वर्तमानको नागरिकता त्याग्नु नपर्ने हुनसक्छ ।
तर धेरै देशहरूले दोहोरो नागरिकताको अनुमति दिँदैनन् । यदि तपाईं बेलायतको नागरिक हुनुभयो र दोहरो नागरिकता नदिने देशको नागरिक हुनुहुन्छ भने, तपाईंको देशका निकायहरूले तपाईंको पहिलाको राष्ट्रियता गुमेको मान्न सक्छन् वा तपाईंको नयाँ नागरिकतालाई मान्यता दिन अस्वीकार गर्न सक्छन् । बेलायतको नागरिकताको लागि आवेदन गर्नुभन्दा पहिले, तपाईंले आफ्नो देशको ’दोहोरो नागरिकता सम्बन्धी नियम थाहा पाउनुपर्छ ।
दोहोरो नागरिकता सम्बन्धी थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् । यदि तपाईं बेलायतमा हुनुहुन्छ र कसैसँग दोहोरो नागरिकताको बारेमा कुरा गर्न चाहनुहुन्छ भने तपाईंले होम अफिस नेस्नालिटि क्वालिटी एण्ड इन्क्वाइरी टिमलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
होम अफिस नेस्नालिटि क्वालिटी एण्ड इन्क्वाइरी टिम: 0845 010 5200*
(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


