बेलायतको राहदानीको लागि आवेदनयो खण्डले तपाईंलाई बेलायतको राहदानीको लागि आवेदन गर्न मद्दत गर्नेछ । यदि तपाईंको बेलायतको नागरिकताको आवेदन सफल भएमा तपाईंले बेलायतको राहदानीको लागि आवेदन गर्न सक्नुहुनेछ । बेलायतको राहदानी आईडेनटिटी एण्ड पासपोर्ट सर्भिस (आई.पि.एस.)ले जारी गर्दछ ।
राहदानीको लागि पहिलो पटक आवेदन गरेका १६ बर्ष भन्दा बढि उमेर भएका जो सुकै व्यक्तिहरूले उनीहरुको परिचय पुष्ठी गर्नका लागि आई.पि.एस.मा व्यक्तिगत रुपमा अन्तर्वार्ता दिनुपर्छ । ई.पि.एस.ले तपाईंलाई राहदानीको लागि आवेदन गरेपछि प्रोसेसिङ पुरा हुनका लागि छ हप्तासम्म कुर्ने सल्लाह दिन्छ र तपाईंले राहदानी प्राप्त नगर्दासम्म कुनै पनि यात्राको योजना बनाउनु हुँदैन ।
बेलायतको राहदानीको लागि आवेदन गर्ने बारेको जानकारीको लागि आई.पि.एस.को वेबसाइट हेर्नुहोस् । बेलायतको राहदानीको लागि को योग्य छ भन्ने जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
|


