बेलायतको नागरिकताको लागि आवेदनयो खण्डले तपाईंलाई बेलायतको नागरिकताको लागि आवेदन गर्न मद्दत गर्नेछ । बेलायतको नागरिकताको लागि आवेदन गर्न धेरै तरिकाबाट आफ्नो योग्यता प्रमाणित गर्न सकिन्छ । यदि तपाईं १८ बर्ष वा सो भन्दा बढि उमेरको हुनुहुन्छ र बेलायतमा विगत पाँच वर्षदेखि बस्दै आउनुभएको छ (वा तीन बर्ष यदि बेलायतको नागरिक सँग विवाह गर्नु भएको छ वा जीवन साथीको रुपमा हुनुहुन्छ) भने तपाईंले बेलायतको नागरिक बन्नको लागि आवेदन गर्न सक्नुहुन्छ । बेलायतको नागरिकताको लागि आवेदन गर्न योग्य भएपछि, तपाईंले तीन फरक तरिकाबाट आवेदन गर्न सक्नुहुन्छ:
तपाईं योग्य हुनु भएपछि र आवेदन गर्ने निर्णय गर्नु भएपछि फारम र मार्गदर्शन डाउनलोड गर्न सक्नुहुन्छ । तपाईंले भर्नु पर्ने फारम तपाईंको विशिष्ट परिस्थिति र तपाईंले आवेदन गर्ने नागरिकताको प्रकारमा भर पर्छ । युके बोर्डर एजेन्सीसँग बेलायतको नागरिकताको लागि आवेदनको प्रकारहरुको बारेमा उपयोगी हुनसक्ने थप जानकारी पर्चाहरुको रुपमा छ । बेलायतको नागरिकता सम्बन्धी पर्चा डाउनलोड गर्नका लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् । |


