Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

करहरु फिर्ता

यो खण्डले करहरूको फिर्ता सम्बन्धी जानकारी प्रदान गर्दछ ।

यदि तपाईंले पि.ए.वाई.इ. (पे एज यु अर्न)मार्फत कर भुक्तान गरि सक्नुभएको छ र तपाईंको कमाईबाट नियमित रूपमा कर काटिन्छ भने तपाईंले शायद कर फिर्ताको लागि आवेदन गर्नु पर्दैन । तर यदि तपाईंसँग कर सम्बन्धी बढी जटिल मामिलाहरू छन्- वा अनेक आय स्रोतहरू छन् भने- तपाईंले आवेदन गर्नुपर्ने हुनसक्छ । 

कसकसले कर फिर्ताको लागि आवेदन गर्नुपर्छ भन्ने सूचीका लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

यदि तपाईंले कर फिर्ताको लागि आवेदन गर्नुपर्छ भने, कागजको फारम बुझाउने अन्तिम म्याद ३१ अक्टोबर हो र अनलाइन फारम बुझाउने अन्तिम म्याद, तीन महिना पछाडी, ३१ जनवरी हो ।
 
यदि तपाईंको कर फिर्ताको आवेदन अन्तिम म्याद नाघे पछि आयो भने तपाईंलाई £१०० जरिवाना लाग्न सक्छ । 

करहरु फिर्ताको आवेदन भर्ने सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

कर फिर्ताको आवेदन अनलाइन भर्नको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

करहरु फिर्ताको बारेमा जानकारीको लागि वर्कस्मार्टको वेबसाइट हेर्नुहोस् ।

करहरु फिर्ताको बारेमा थप सहयोग र जानकारीको लागि एच.एम्. रेभेन्यु & कस्टम्स (एच.एम्.आर.सी.)सँग एक स्वमूल्याङ्कन हेल्पलाइन छ ।  
 
एच.एम्.आर.सी. ट्याक्स रिटर्न सेल्फ एसेसमेन्ट हेल्पलाइन: 0845 900 0444*
 
सोमवार-आइतवार बिहान ८ बजे- बेलुकी ८ बजे 

तपाईंको कर फिर्ता सम्बन्धी सहयोगको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् ।

(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet