Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

मेरो कर कोड

यो खण्डले तपाईंको कर कोड, तपाईंको कर कोड कसरी परिवर्तन गर्ने र आपतकालिन कर कोडको बारेमा जानकारी प्रदान गर्दछ ।

तपाईंको कर कोड

पि.ए.वाई.इ. :  (पे एज यु अर्न) एक कर सङ्कलन प्रणाली हो ।  तपाईंको ‘पि.ए.वाई.इ. कोडिङ नोटिस’ले तपाईंको कर कोड के हो र यसलाई कसरी तयार गरिएको हो भनेर बताउँछ । तपाईंको कर कोडले तपाईंको रोजगारदाता वा निवृत्तिभरण प्रदानकर्तालाई त्यो आर्थिक वर्ष भरि तपाईं कुन कर-मुक्त आयको  हकदार हुनुहुन्छ (यदि भएमा) र उनीहरूले तपाईंलाई भुक्तानी गर्नुभन्दा अगाडी , तपाईंको आयबाट कति कर काट्नु पर्छ भन्ने जानकारी दिन्छ ।

पि.ए.वाई.इ.को बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस्: आफ्नो पि.ए.वाई.इ. कोडिङ नोटिस बुझ्ने ।

फारम P45:  बेलायतमा एउटा जागिर छोडेर अर्को जागिर सुरू गर्दा तपाईंले यो फारम भर्नुपर्छ ।  यसले तपाईंको कर कोड, तपाईंको विगतको कमाई र तपाईंले तिर्नुभएको करको रकम देखाउँछ ।
 
फारम P46:  यदि तपाईंले आफ्नो  P45 हराउनु भयो भने, तपाईंले  सट्टा प्राप्त गर्नुहुने छैन । नयाँ रोजगारदाताले तपाईंलाई फारम P46 भर्न दिन्छन् र यो फारम हामीले तपाईंलाई नयाँ जागिरको लागि नयाँ कर कोड दिनका लागि चाहिन्छ । 

आफ्नो कर कोड परिवर्तन गर्ने

यदि तपाईंलाई आफ्नो कर कोड परिवर्तन गर्न आवश्यक छ जस्तो लाग्छ भने, पहिला आफ्नो रोजगारदातासँग सोध्नुहोस्, यदि उनीहरूले तपाईंलाई मद्दत गरेनन् भने, तपाईंले आफ्नो कर कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।  

आफ्नो स्थानीय कर कार्यालय पत्ता लगाउनका लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् ।
 
यदि तपाईंलाई आफ्नो कर कोड गलत छ भन्ने लागेमा के गर्ने भनेर पत्ता लगाउन एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् । 

आपतकालिन कर कोड

कहिलेकाहीँ तपाईंको रोजगारदाता वा निवृत्तिभरण प्रदानकर्ताले, त्यो वर्षको लागि तपाईंको सहि कर कोड निर्धारण नगर्दा सम्म, तपाईंलाई “आपतकालिन” – वा “विशेष आधार” कर कोडमा राख्नुपर्ने हुन्छ । यस्तो कुरा त्यो बेलामा हुन्छ जब उनीहरुलाई तपाईंको त्यो आर्थिक बर्षको आय वा कर विवरणहरुको बारेमा पर्याप्त जानकारी हुँदैन । 
 
फारम P60:  यदि आफूसँग आपतकालिन कोडको भएको कारणले गर्दा एकदमै धेरै कर तिरे जस्तो लाग्छ भने तपाईंले आफ्नो रोजगारदातासँग यो फारम माग्नुपर्छ ।   यसले तपाईंलाई आफ्नो पैसा फिर्ता प्राप्त गर्न मद्दत गर्दछ ।
 
आपतकालिन कर कोडको बारेमा जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् । 

आपतकालिन कर कोडको बारेमा जानकारीको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् ।

आपतकालिन कर कोडको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet