मेरा करहरू सङ्कलन गर्नेयो खण्डले तपाईंले बेलायत छोड्ने बेलामा आफ्नो कर कसरी फिर्ता लिने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । यदि तपाईं बेलायत छोड्दै हुनुहुन्छ भने तपाईंले एच.एम्. रेभेन्यु & कस्टम्स (एच.एम्.आर.सी.)लाई सूचना दिनुपर्छ । तपाईंको कर कार्यालयले तपाईंलाई P85 फारम दिन्छ । तपाईंले बेलायत छोडे पछि अझै पनि यदि कर फिर्ताको लागि आवेदन गर्नुपर्ने भएमा उनीहरूले तपाईंलाई जानकारी दिन्छन् ।
यदि तपाईंले बेलायत छोडी सक्नुभएको छ वा छोड्नै लाग्नुभएको छ र कुनै आयकर फिर्ता चाहनुहुन्छ भने, P85 फारम प्रयोग गर्नुहोस् ।
P85 को बारेमा थप जानकारीको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् । |


