मेरो निवृत्तिभरणयो खण्डले निवृत्तिभरणका प्रकारहरू र निवृत्तिभरण ऋण लगायत निवृत्तिभरणहरूका बारेमा जानकारी प्रदान गर्दछ । निवृत्तिभरणहरू, केही करका फाइदाहरू सहित, अवकाशका लागि बचत गर्ने उपाय हुन् । जब तपाईं अवकाश लिनुहुन्छ वा निश्चित उमेर पुग्नुहुन्छ, एक निवृत्तिभरण योजनाले जीवन भरका लागि नियमित आय प्रदान गर्दछ ।
निवृत्तिभरण योजनाहरू मुख्यतः तीन प्रकारका हुन्छन्: राज्यको निवृत्तिभरण, व्यक्तिगत निवृत्तिभरण र कम्पनीको (पेशागत) निवृत्तिभरण ।
राज्यको निवृत्तिभरणद बेसिक स्टेट पेन्सन द बेसिक स्टेट पेन्सन सरकारद्वारा प्रदान गरिने एक निवृत्तिभरण हो । यो तपाईंले भुक्तानी गर्नु भएका नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्स (एन.आइ.सी.एस्.)मार्फत प्राप्त योग्यता पुगेका वर्षहरूको संख्यामा आधारित हुन्छ ।
साधारण स्टेट पेन्सनको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । व्यक्तिगत निवृत्तिभरणद पर्सनल पेन्सन व्यक्तिगत निवृत्तिभरणहरू तपाईंको बचत तपाईंको तर्फबाट लगानी गर्ने बैंक, बिल्डिङ सोसाइटीहरू र जीवन बीमा कम्पनीहरूबाट उपलब्ध गराइन्छन् । यदि तपाईं जागिरे हुनुहुन्छ तर कम्पनीको निवृत्तिभरण योजनामा हुनुहुन्न भने, वा कम्पनीको निवृत्तिभरणका अतिरिक्त निवृत्तिभरणको रूपमा व्यक्तिगत निवृत्तिभरण एक राम्रो रोजाई हुनसक्छ । यदि तपाईं स्वरोजगारीमा हुनुहुन्छ, वा तपाईं काम गर्दै हुनुहुन्न तर अवकाशका लागि पैसा छुट्याउन सक्नुहुन्छ भने तपाइले व्यक्तिगत निवृत्तिभरणको पनि व्यवस्था गर्दा राम्रो हुन्छ ।
व्यक्तिगत निवृत्तिभरणको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइटमा हेर्नुहोस् । कम्पनीको निवृत्तिभरणद कम्पनी (अकुपेशनल) पेन्सन: कम्पनीको (पेशागत) निवृत्तिभरण रोजगारदाताहरूद्वारा आफ्ना कर्मचारीहरूका लागि व्यवस्था गरिएको हुन्छ । धेरै अवस्थाहरूमा, तपाईंको रोजगारदाताले यो योजनामा तपाईंको तर्फबाट योगदान गर्दछन् र तपाईंले आफ्नो तलबबाट नियमत भुक्तानी गर्नु आवश्यक हुन्छ ।
कम्पनीको निवृत्तिभरणहरूको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइटमा हेर्नुहोस् । निवृत्तिभरणहरूको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस्:
निवृत्तिभरणका प्रकारहरूको बारेमा थप व्याख्याको लागि डाइरेक्टगोभको वेबसाइटमा हेर्नुहोस् । निवृत्तिभरण प्रदायक रोज्ने र प्रयोग गर्ने बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । निवृत्तिभरणहरूको बारेमा थप जानकारीको लागि डिपार्टमेन्ट अफ वर्क एण्ड पेन्सन्सको वेबसाइट हेर्नुहोस् । निवृत्तिभरणहरूको बारेमा जानकारीको लागि पेन्सन सर्भिसको वेबसाइट हेर्नुहोस् । निवृत्तिभरण सम्बन्धी आधारभूत कुराहरूको लागि वर्क स्मार्टको वेबसाइट हेर्नुहोस् । पेन्सन क्रेडिटयदि तपाईं ६० बर्ष वा सो भन्दा बढि उमेरको हुनुहुन्छ र न्यून आयमा हुनुहुन्छ भने, तपाईं पेन्सन क्रेडिटको लागि हकदार हुन सक्नुहुन्छ, जसले जिउनको लागि तपाईंलाई प्रत्येक हप्ता थप पैसा दिन्छ ।
पेन्सन क्रेडिट हेल्पलाइन 0800 99 1234*
वा टेक्ट्स फोन 0800 169 0133*
सोमवार- शुक्रवार बिहान ८ बजे- बेलुकी ८ बजे
शनिवार बिहान ९ बजे- दिउँसो १ बजे
(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


