ऋणयो खण्डले ऋण सुल्झाउने बारेमा जानकारी प्रदान गर्दछ । यदि तपाईं ऋणमा हुनुहुन्छ भने धेरै निकायहरूले सल्लाह र सहयोग प्रदान गर्दछन् ।
आफ्नो ऋण सुल्झाउन सल्लाह र सहयोगको लागि नेशनल ड्याब्टलाइनको वेबसाइट हेर्नुहोस् । नेशनल ड्याब्टलाइन हेल्पलाइन: 0808 808 4000*
सोमवार – शुक्रवार बिहान ९ बजे – बेलुकी ९ बजे
शनिवार बिहान ९.३० – दिउँसो १ बजे
वर्कस्मार्टले ऋण कसरी सुल्झाउने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । तिनीहरूसँग पैसा कसरी बचत गर्ने र ऋण बढ्दै जानबाट कसरी रोक्ने भन्ने बारेमा जानकारी हुन्छ । तिनीहरूको वेबसाइटले तपाईंलाई तलका प्रश्नहरूको जवाफ दिन मद्दत गर्न सक्छ:
सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)को वेबसाइटले पनि ऋणको बारेका जानकारी दिन्छ, जस्तै:
आफ्नो ऋणको सहयोगको लागि थप जानकारी पाउन सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस् । गोप्य तथा नि:शुल्क ऋण परामर्शको लागि ड्याब्ट एड्भाइस फाउन्डेसनको वेबसाइट हेर्नुहोस् ड्याब्ट एड्भाइस फाउन्डेसन: 0800 043 4050* (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


