Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

पैसाको बारेमा धेरै जसो सोधिने प्रश्नहरू

यहाँ तपाईंले पैसाका समस्याहरूका बारेमा धेरै जसो सोधिने   प्रश्नहरू देख्न सक्नुहुन्छ ।

मलाई कुन बेनिफिटहरू प्राप्त गर्ने अधिकार छ?

तपाईंले प्राप्त गर्न सक्ने बेनिफिटहरू तपाईंको अवस्थामा भरपर्छ ।  यदि तपाईंको जागिर गुमेको छ भने तपाईंले काम खोज्दै गर्दा बेनिफिट पाउने अधिकार हुनसक्छ, यदि तपाईं काम गर्नुहुन्छ तर न्यून आयमा हुनुहुन्छ भने तपाईं ट्याक्स क्रेडिट प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ, यदि तपाईं काम गर्नुहुन्छ तर आफ्नो घरभाडा वा धितो बन्धकी तिर्न कठिनाई भएको छ भने तपाईं केही किसिमको आवास बेनिफिट प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ, यदि तपाईं काम गर्नुहुन्छ, न्यून आयमा हुनुहुन्छ र बालबच्चाहरू छन् भने तपाईंले शिशु स्याहारको लागि सहयोग रकम प्राप्त गर्न सक्नुहुन्छ,  र यदि तपाईं विकलाङ्ग हुनुहुन्छ भने तपाईंसँग बेनिफिटहरू पाउने अधिकार हुनसक्छ । । 

काम सम्बन्धी बेनिफिटहरूको बारेमा जानकारीको लागि:

माइयूकेइन्फोको"वर्क" खण्ड हेर्नुहोस् ।.

आवास सम्बन्धी बेनिफिटहरूको बारेमा जानकारीको लागि:

माइयूकेइन्फो को"आवास" खण्ड हेर्नुहोस्

परिवार, बालबच्चा वा विकलाङ्गता सम्बन्धी बेनिफिटहरूको बारेमा जानकारीको लागि:

माइयूकेइन्फो "फ्यामिली बेनिफिट्स" खण्ड हेर्नुहोस् ।

अन्य बेनिफिटहरू र ट्याक्स क्रेडिटसहरूको बारेमा  थप जानकारीको लागि:

माइयूकेइन्फोको"बेनिफिट्स" खण्ड हेर्नुहोस्

मैले बेलायतको बैंक खाता कसरी खोल्न सक्छु र मलाई कुनकुन कागजपत्र चाहिन्छ ?

बेलायतको बैंक खाता खोल्न सामान्यता आफ्नो पहिचान र बस्ने ठेगाना प्रमाणित गर्ने कागजपत्र चाहिन्छ ।  उदाहरणको लागि तपाईंको राहदानी र नाम र ठेगाना उल्लेख भएको सुविधाको रसिद ।   बेलायतको बैंक खाता खोल्ने बारेमा थप जानकारीको लागि:

"माइयूकेइन्फोको"खाता खोल्ने" खण्ड हेर्नुहोस्

मेरो तलवबाट कुनकुन करहरू काटिन्छ ?

प्राय:जसो, तपाईंको तलवबाट दुईवटा करहरू काटिन्छ, इन्कम ट्याक्स- जुन सरकारले सार्वजनिक सेवाहरू सञ्चालन गर्नको लागि सङ्कलन गर्दछ, र नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्स (एन.आइ.सी.’एस्.)- जसले तपाईंलाई निश्चित सामाजिक सुरक्षा बेनिफिटहरू दिन्छ ।  तपाईंको तलवबाट काटिने करको रकम तपाईंको जागिरमा र तपाईंले कति कमाउनुहुन्छ भन्ने कुरामा भर पर्छ ।  करहरूको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"करका प्रकारहरू" खण्ड हेर्नुहोस्

ओभरड्राफ्ट भनेको के हो?

जब तपाईंले आफ्नो खातामा भएको भन्दा बढि पैसा झिक्नुहुन्छ भने त्यसलाई ओभरड्राफ्ट भनिन्छ ।  धेरै अवस्थाहरूमा, यदि तपाईंसँग ओभरड्राफ्ट सुरक्षा छैन भने, तपाईंले आफ्नो खातामा भएको भन्दा पैसा झिक्नुभयो भने तपाईंलाई जरिवाना लाग्न सक्छ ।  ओभरड्राफ्ट र ओभरड्राफ्ट सुरक्षाको बारेमा थप जानकारीको लागि:

" माइयूकेइन्फोको"बैंक खाताहरुका प्रकारहरू" खण्ड हेर्नुहोस्

No votes yet