ट्याक्स क्रेडिट्सयो खण्डले ट्याक्स क्रेडिट्सको बारेमा जानकारी प्रदान गर्दछ । ट्याक्स क्रेडिट्सको लागि योग्य हुन तपाईं १६ बर्ष वा सो भन्दा बढी उमेरको र सामान्यता बेलायतमा बसेको हुनुपर्छ । निम्न मध्ये कुनै एक अवस्थामा तपाईं बेलायतमा नबसे पनि ट्याक्स क्रेडिट्स प्राप्त गर्न सक्नुहुन्छ:
दम्पतीहरूले संयुक्तरुपमा ट्याक्स क्रेडिट्स दाबी गर्नुपर्छ, तपाईंले एकल व्यक्तिको रूपमा ट्याक्स क्रेडिट्स दाबी गर्न सक्नुहुन्न ।
ट्याक्स क्रेडिट्स दुई प्रकारको हुन्छ, चाइल्ड ट्याक्स क्रेडिट र वर्किङ ट्याक्स क्रेडिट ।
चाइल्ड ट्याक्स क्रेडिटको बारेमा थप जानकारीको लागि फ्यामेली बेनिफिट्स खण्ड हेर्नुहोस् । वर्किङ ट्याक्स क्रेडिटको बारेमा थप जानकारीको लागि वर्क बेनिफिट्स खण्ड हेर्नुहोस् । ट्याक्स क्रेडिट सम्बन्धी बेलायतको निकाय एच.एम्. रेभेन्यु & कस्टम्स (एच.एम्.आर.सी.) हो । तिनीहरूले थप जानकारी दिन र तपाईं ट्याक्स क्रेडिट प्राप्त गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर भन्न सक्छन् । आफू ट्याक्स क्रेडिटको लागि योग्य छु कि भनेर थाहा पाउनको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् । |


