यो खण्डले चेक कसरी लेख्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ ।
चेक लेख्ने चरणहरू तल दिइएका छन् :
- दायाँ तर्फको माथिल्लो लाइनमा मिति लेख्नुहोस्
- भुक्तानी गर्नुपर्ने व्यक्ति, कम्पनीको नाम पहिलो लाइनमा लेख्नुहोस्
- भुक्तानी गर्नुपर्ने रकम (शब्दमा) दोस्रो लाइनमा लेख्नुहोस्
- भुक्तानी गर्नुपर्ने रकम (संख्यामा) दोस्रो लाइनको नजिकको बाकसमा लेख्नुहोस्
- यदि दोस्रो लाइनमा भएको संख्यालाई शब्दमा लेख्न तपाईंलाई बढी ठाउँ चाहिएमा तेस्रो लाइनमा लेख्नुहोस्
- दायाँ तर्फको तल्लो लाइनमा आफ्नो हस्ताक्षर गर्नुहोस्
- अधिकांश चेक बुकको बायाँ छेऊमा चेकको मिति, भुक्तान गरिएको रकम र व्यक्ति जस्ता लेनदेन सम्बन्धी विवरणहरूको अभिलेख राख्नको लागि एक खण्ड हुन्छ
***जो कोहीलाई रकम बदल्न नदिनका लागि चेकमा पुरा गरिएका भागहरूको अन्त्यमा सँधै एउटा लाइन कोर्नु जरूरी हुन्छ
चेक कसरी लेख्ने भन्ने उदाहरणको लागि मनि म्याटर्स टु मिको वेबसाइट हेर्नुहोस् ।