Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतका बैंक खाताहरुका प्रकारहरू

यो खण्डले बैंक खाताहरुका प्रकारहरूको बारेमा जानकारी प्रदान गर्दछ: साधारण, चल्ती र बचत ।

साधारणतया बैंक खाताहरू तीन प्रकारका हुन्छन्, साधारण बैंक खाता, चल्ती खाता र बचत खाता ।  

साधारण खाता

साधारण खाता साधारण प्रयोगको लागि तपाईंको पैसा राख्ने राम्रो ठाउँ हो ।  तपाईंले आफ्नो कामको ज्याला, बेनिफिटहरू वा ट्याक्स क्रेडिटहरू र निवृतिभरणको भुक्तानी साधारण खातामा प्राप्त गर्न सक्नुहुन्छ ।   साधारण खाता भएपछि तपाईंले क्यास मेशिनमा प्रयोग गर्न सकिने क्यास कार्ड प्राप्त गर्नु हुन्छ, र कुनै साधारण खाताहरूले पैसा झिक्नको लागि डेबिट कार्ड दिन्छन् ।  साधारण खातासँग तपाईंले चेक बुक पाउनु हुन्न र आफ्नो साधारण खातामा भएको भन्दा बढी पैसा पनि निकाल्न सक्नुहुन्न ।

चल्ती खाता

चल्ती खाता साधारण प्रयोगको लागि तपाईंको पैसा राख्ने अर्को राम्रो ठाउँ हो, तर चल्ती खाताका विशेषताहरू साधारण खाताका भन्दा धेरै छन् ।  जब तपाईंले चल्ती खाता खोल्नुहुन्छ तपाईंले चेक बुक र डेबिट कार्ड पाउनुहुन्छ, जसलाई तपाईंले क्यास मेशिनहरूबाट नगद निकाल्न र पसलहरूमा सामानको पैसा तिर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ ।  
 
***क्यास मेशिनबाट पैसा निकाल्दा वा मौज्दात रकम हेर्दा पिन नम्बर सुरक्षित राख्न आफू नजिक कोही उभिएको छ वा कसैले पछाडिबाट हेरेको छ कि भनेर जाँच गर्नुहोस् ।

ओभरड्राफ्ट

ओभरड्राफ्टको विकल्प पनि तपाईंले राख्न सक्नुहुन्छ जसद्वारा, एउटा निश्चित परिमाणसम्म, आफ्नो खातामा भएको भन्दा बढी पैसा निकाल्न सकिन्छ ।   तर तपाईंले यो रकम चुक्ता गर्नुपर्छ र ब्याज पनि तिर्न पर्न सक्छ ।  कुनै बैंक खाताहरूमा नि:शुल्क ओभरड्राफ्ट अन्तरनिहित हुन्छ । यदि तपाईंको बैंक खातामा ओभरड्राफ्ट सुविधा छैन भने, तपाईंले आफ्नो बैकलाई ओभरड्राफ्ट सुविधाको लागि अनुरोध गर्नुपर्छ । 

ओभरड्राफ्टहरुको बारे थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

बचत खाता

.बचत खाता पैसा बचत गर्ने राम्रो ठाउँ हो । बचत खातामा भएको तपाईंको पैसाबाट ब्याज पनि प्राप्त हुन्छ ।   केही बचत खाताहरूले क्यास मेशिनमा पैसा निकाल्नको लागि तपाईंलाई कार्ड पनि उपलव्ध गराउन सक्छन् ।
 
बैंक खाताका प्रकारहरू र बेलायतको बैंकिंङको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् । 

बैंक खाताका प्रकारहरूको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

मनि मेड क्लियरको वेबसाइट हेर्नुहोस् र बैंक खाताका प्रकारहरूको बारेमा जानकारी प्राप्त गर्नुहोस् । 

बैंकिंङ गाइड 
बैंकिंङ गाइडले तपाईंलाई खाता खोल्नलाई बैंक छान्न मद्दत गर्न विभिन्न प्रकारका खाताहरूको बारेमा जानकारी र बैंकका समीक्षाहरू खोज्न पनि मद्दत गर्न सक्छ । 

No votes yet