विनिमय गर्ने र पैसा पठाउनेयो खण्डले पैसा विनिमय गर्ने र आफ्नो मूल देशको घरमा पैसा पठाउने बारेमा जानकारी प्रदान गर्दछ । पैसा विनिमय गर्नेबेलायतमा पैसा विनिमय गर्ने वा घरमा पैसा पठाउनको लागि पैसा विनिमय गर्ने बारेमा जानकारीको लागि तपाईंले आफ्नो बैंकमा सम्पर्क गर्न सक्नुहुन्छ ।
तपाईं बेलायत आउनासाथ चाहे तपाईं आफ्नो देशको मुद्रा बेलायतको पाउण्ड (वा पाउण्ड स्टर्लिङ’) मा विनिमय गर्दै हुनुहुन्छ, वा पैसा घरमा पठाउनको लागि वा आफ्नो देशमा फर्कंदा यदि तपाईं बेलायतको पाउण्ड आफ्नो देशको मुद्रामा कति पाउनुहुन्छ भन्ने कुरा विनिमय दरमा भर पर्नेछ जुन दिनै पिच्छे फरक हुन सक्छ।
सामान्यता पैसा विनिमय गर्ने ठाउँमा विनिमय दरहरू देख्ने गरि राखिएको हुन्छ । तपाईंले सर्च इन्जिन मा 'currency converter' वा 'exchange rate' टाइप गरि दरहरू अनलाइन पनि सुनिश्चित गर्न सक्नुहुन्छ । दरहरू अद्यावधिक गरिएको कुरा सुनिश्चित गर्नुहोस् ।
यात्राको पैसा र विदेशी मुद्राको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । घरमा पैसा पठाउनेबैंक खाताबाट आफ्नो मूल देशमा पैसा पठाउने बारेमा जानकारीको लागि आफ्नो बैंकमा सम्पर्क गर्नुहोस् । पैसा पठाउन लाग्ने शुल्कको बारेमा र पैसा पुग्न लाग्ने समयको बारेमा तिनीहरूले तपाईंलाई जानकारी दिन सक्छन् ।
|


