क्रेडिट युनियनहरूयो खण्डले क्रेडिट युनियनहरूको बारेमा जानकारी प्रदान गर्दछ । क्रेडिट युनियन एक गैर-नाफामूलक संस्था हो जसले बैंकले जस्तै आर्थिक सेवाहरू प्रदान गर्दछ, तर कम्पनीको स्वामित्व यसका सदस्यहरूद्वारा साझारुपमा भाग गरिएको हुन्छ ।
क्रेडिट युनियनहरूले कुनै चीज साझा भएका समूहहरू जस्तै एकै ठाउँमा काम गर्नेहरु, एकै ठाउँमा बस्नेहरु, वा एकै ठाउँमा चर्चमा जानेहरूको सेवा गर्छन् । तिनीहरूले बचत र मूल्य ऋण प्रदान गर्दछन्, साथै तिनीहरू स्थानीय हुन्छन् । धेरै क्रेडिट युनियनहरूले विभिन्न किसिमका सेवाहरू प्रदान गर्दछन्, जस्तै: चल्ती खाताहरू, बेनिफिट्स डाइरेक्ट, इन्डीभिजुअल सेभिङ अकाउन्टस् (आइ.एस.ए.एस्.) र चाइल्ड ट्रस्ट फण्डस्.
द एसोसिएसन अफ ब्रिटिस क्रेडिट यूनियन्स लिमिटेड (ए.बि.सी.यु.एल.) बेलायतमा क्रेडिट युनियनहरूको मुख्य ट्रेड युनियन हो । तिनीहरूको वेबसाइटले तपाईंलाई क्रेडिट युनियन खोज्न मद्दत गर्दछ र क्रेडिट युनियनको बारेमा जानकारी प्रदान गर्न सक्दछ ।
क्रेडिट युनियन खोज्नका लागि द एसोसिएसन अफ ब्रिटिस क्रेडिट यूनियन्स लिमिटेडको वेबसाइट हेर्नुहोस् । |


