अध्यागमनको बारेमा धेरै जसो सोधिने प्रश्नहरूयहाँ तपाईंले बेलायत प्रवेश गरेपछि धेरै जसो सोधिने अध्यागमन सम्बन्धी प्रश्नहरू देख्नुहुनेछ । मैले आफ्नो परिवारको कुनै सदस्यलाई बेलायत कसरी ल्याउन सक्छु?यदि तपाईं बेलायतमा काम गर्नुहुन्छ भने, सामान्यतया तपाईंले आफ्नो परिवारको कुनै सदस्यलाई बेलायतमा ल्याउन सक्नुहुन्छ । आफ्नो पारिवारको सदस्यलाई बेलायतमा ल्याउने सम्बन्धी जानकारीको लागि: माइयूकेइन्फोको "मेरो परिवारलाई बेलायत ल्याउने " खण्ड हेर्नुहोस् । मैले बेलायतको आप्रवासको लागि कसरी आवेदन गर्नुपर्छ? (इ.इ.ए1, इ.इ.ए2)युके बोर्डर एजेन्सी आप्रवास अनुमति जारी गर्ने निकाय हो । बेलायतमा आप्रवासको आवेदन गर्नका लागि सामान्यतया प्रयोग गरिने फारमहरू इ.इ.ए 1 र इ.इ.ए 2 हुन् ।. बेलायतमा आप्रवास र बेलायतमा आप्रवासको लागि गरिने आवेदनका बारेमा थप जानकारीको लागि: माइयूकेइन्फोको "बेलायतको आप्रवास" खण्ड हेर्नुहोस् । मलाई बेलायतमा मेरो देशको दूतावास/कन्सुलेट पत्ता लगाउनु परेको छ ।बेलायतमा तपाईंको दूतावास/कन्सुलेटको सम्पर्क जानकारी सुचीको लागि: माइयूकेइन्फोको "मेरो दूतावास/कन्सुलेट" खण्ड हेर्नुहोस् । मैले बेलायतको राहदानीको लागि कसरी आवेदन गर्न सक्छु?बेलायतको राहदानी प्राप्त गर्नको लागि पहिला तपाईंले बेलायतको नागरिकताको लागि आवेदन दिनुपर्छ । यदि तपाईंले बेलायतको नागरिकताको लागि दिनु भएको आवेदन सफल भयो भने त्यसपछी तपाईंले बेलायतको राहदानीको लागि आवेदन गर्न सक्नुहुन्छ । तपाईंको बेलायतको राहदानी प्राप्त गर्नका लागि योग्यता जाँचको लागि: |


