Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायत काम गर्ने

यहाँ तपाईंले बेलायतमा काम गर्ने सम्बन्धी जानकारीहरू पाउन सक्नुहुन्छ

तल तपाईंले इ.इ.ए. र स्विस नागरिकका परिभाषाहरू र सीमितता हरू पाउन सक्नुहुन्छ | तपाईंले मौसमी कृषि कामदार योजना र क्षेत्रमा आधारित योजनाको बारेमा पनि जानकारी पाउन सक्नुहुन्छ |

तलका देशका व्यक्तिहरू इ.इ.ए. र स्विस नागरिकहरूमा पर्दछन्:

  • अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हँगेरी, आइसल्याण्ड, आयरल्याण्ड गणतन्त्र, इटाली, लात्भिया, लिक्टेन्स्टाइन, लिथुवानिया, लग्जेम्बर्ग, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्तुगल, रोमानिया, सोल्भाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्विजरल्याण्ड, संयूक्त अधिराज्य
       

      इ.इ.ए. र स्विस नागरिकहरूलाई अनुमतिको लागि आवेदन नगरी बेलायतमा प्रवेश गर्ने र बस्ने स्वतन्त्रता छ |

      बुल्गेरिया र रोमानियाका नागरिकहरू (A2 देशहरु)

      युरोपेली आर्थिक क्षेत्र (इ.इ.ए.)को नागरिकको रूपमा तपाईं कुनै पनि युरोपेली संघ (इ.यु.)को सदस्य राष्ट्रमा स्वतन्त्र रूपमा जान र बस्न सक्नुहुन्छ ।  तपाईंले बेलायतको अध्यागमन नियम अन्तर्गत बेलायत प्रवेश गर्न वा बस्नको लागि अनुमति लिनु पर्दैन ।
       
      बेलायतमा काम गर्नका लागि सामान्यतया तपाईंले कामदार पद प्राप्ति कार्डको लागि आवेदन गर्नु पर्ने हुन्छ ।  तपाईंको रोजगार दाताले पनि तपाईंको कार्य अनुमतिका लागि आवेदन गर्नुपर्ने हुनसक्छ ।

      आफूलाई पद प्राप्ति कार्ड वा कार्य अनुमतिको आवश्यकता सम्बन्धी थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

      द सिजनल एग्रीकल्चरल वर्कर्स स्किम (एस.ए.डब्लु.एस.)

      यो स्किमले रोमानिया र बुल्गेरियाका नागरिकहरूलाई बेलायतमा छ महिनासम्म कृषिजन्य काम गर्ने अनुमति दिन्छ ।  एस.ए.डब्लु.एस.स्किममा भएका कामदारहरूले निम्नलिखित कृषिजन्य काम गर्नेछन्:

      • बाली लगाउने र भित्र्याउने
      • कृषि-क्षेत्रमा नै बाली प्रशोधन र प्याकिङ गर्ने
      • पाल्तु जनावरहरुको हेरचाह गर्ने
      एस.ए.डब्लु.एस.का लागि योग्य हुनका लागि तपाईंको उमेर १८ बर्ष भन्दा बढि भएको र कार्य कार्डका लागि नौ वटा स्वीकृत सञ्चालक मध्ये एक मार्फत आवेदन गर्नु पर्दछ ।  एस.ए.डब्लु.एस.स्वीकृत सञ्चालकहरू युके बोर्डर एजेन्सीको वेबसाइटको तलको कडीमा दायाँतर्फ सूचीकृत छन् ।

      डब्लु.आर.एस.मा दर्ता सम्बन्धी बढि जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

      द सेक्टर बेस्ड स्किम (एस.बि.एस.)

      यो स्किमले रोमानिया र बुल्गेरियाका नागरिकहरूलाई बेलायतमा खाद्यान्न उत्पादन गर्ने उद्योगमा बढीमा १२ महिनासम्म काम गर्ने अनुमति दिन्छ ।  एस.बि.एस. अन्तर्गत काम लगाइएका कामदारहरुले निम्नलिखित मध्ये एक वा सो भन्दा बढि क्षेत्रहरूमा काम गर्छन्:
      • माछा प्रशोधन
      • मासु प्रशोधन
      • च्याउ प्रशोधन
      एस.बि.एस.का लागि योग्य हुन तपाईंको उमेर १८ र ३० बर्षको बीचमा हुनुपर्छ ।   सेक्टर बेस्ड स्किम (एस.बि.एस.) को लागि आवेदन गर्न तपाईंले युके बोर्डर एजेन्सीको वेबसाइटमा भएको एस.बि1 फारम भर्नुपर्छ ।

      सेक्टर बेस्ड स्किम (एस.बि.एस.)को लागि आवेदन सम्बन्धी बढि जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

      पोइन्ट बेस्ड सिस्टम (वा) गैर-इ.इ.ए.का नागरिकहरू

      काम गर्नका लागि बेलायत आउन चाहने गैर-इ.इ.ए.का नागरीकहरूले, सामान्यतया नम्बरमा आधारित यस प्रणाली अन्तर्गत योग्यता प्रमाणित गर्ने अपेक्षा गरिन्छ । पोइन्ट बेस्ड सिस्टमले कामको प्रकार व्यवस्थित गर्दछ:
       
      टियर १ – उच्च दक्षता भएका व्यक्तिहरूका लागि । यसमा योग्यता प्रमाणित गर्ने व्यक्तिहरुलाई श्रम बजारमा स्वतन्त्र पहुँच दिइनेछ ।
       
      टियर २ – बेलायतमा रोजगारको प्रस्ताव पाएका दक्ष व्यक्तिहरुका लागि ।
       
      टियर ५ – बेलायतमा निश्चित खालका अस्थायी कामहरूका लागि ।
       

      पोइन्ट बेस्ड सिस्टम सम्बन्धी बढि जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

No votes yet