Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

मेरो परिवार बेलायत ल्याउने

यहाँ तपाईंले कसरी आफ्नो परिवार बेलायत ल्याउने भन्ने बारेमा र निवास कार्डहरू र परिवार निवासी छापहरूको बारेमा जानकारी पाउनुहुन्छ ।

यदि तपाईंसँग बेलायतमा बस्ने अधिकार छ भने तपाईंको परिवार पनि तपाईंसँग बस्न आउन सक्छ । तपाईंको परिवारको परिभाषा यस्तो छ:

  • तपाईंको श्रीमान/श्रीमती वा जीवन साथी
  • तपाईंको वा तपाईंको श्रीमान/श्रीमती वा जीवन साथीको नातिनातिनाहरू जो तपाईंमा आश्रित छन् वा २१ बर्ष भन्दा कम उमेरका छन् ।
  • तपाईंको वा तपाईंको श्रीमान/श्रीमती वा जीवन साथीको आमाबुवा वा हजुरआमाबुवा

यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने, तपाईंको श्रीमान/श्रीमती वा जीवन साथी र आश्रित बालबच्चाले मात्र आप्रवासको अधिकार प्राप्त गर्छन् ।

युरोपेली र गैर-युरोपेली नागरिकहरू र उनीहरूका परिवारका सदस्यहरूले कसरी बेलायत प्रवेश गर्न, बस्न र काम गर्न सक्छन् भनेर युके बोर्डर एजेन्सीको वेबसाइटमा व्याख्या गरिएको छ ।   थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।

यदि तपाईं युरोपेली नागरिक हुनुहुन्छ भने आफ्नो परिवार कसरी बेलायत ल्याउने भन्ने बारेमा थाहा पाउन युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।.
 
यदि तपाईं युरोपेली नागरिक u>हुनुहुन्न भने आफ्नो परिवार कसरी बेलायत ल्याउने भन्ने बारेमा थाहा पाउन युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

आप्रवास कार्डहरू

केही अपवादहरू बाहेक, इ.इ.ए. नागरिकसँग बेलायत आएका, तर आफै इ.इ.ए.राष्ट्रका नागरिक नभएका, परिवारका सदस्यहरूले आप्रवास कार्डका लागि आवेदन गर्न सक्छन् (हेर्नुहोस् पारिवारिक सदस्य आप्रवास छाप खण्ड) । त्यो कार्डले युरोपेली कानुन अन्तरगत उक्त व्यक्तिको आप्रवासको अधिकार सुनिश्चित गर्दछ । सामान्यतया आप्रवास कार्ड पाँच वर्षका लागि मान्य हुन्छन् र प्रमाणको रूपमा वाहकको राहदानीमा राखिन्छ । आप्रवास कार्डको आवेदनको लागि इ.इ.ए 2 फारम प्रयोग गर्नुपर्छ ।

आप्रवास कार्डको आवेदनको फारम इ.इ.ए 2 डाउनलोड गर्नका लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।

No votes yet