सुविधाहरूयो खण्डले सुविधाहरूको बारेमा जानकारी प्रदान गर्दछ, जसमा तपाईंको सुविधाहरूको भुक्तानीको लागि मद्दत गर्ने साधनश्रोतहरू पनि पर्दछन् । सुविधा बिल तपाईंको भाडा वा धितो बन्धकी भन्दा बाहिरीको अतिरिक्त बिल हो जसले ग्याँस, पानी वा बिजुलीको लागि भुक्तानी गर्दछ । यसमा टेलिफोनको बिल पनि समावेश हुनसक्छ ।
यदि तपाईंलाई सुविधाहरूको बिल तिर्न समस्या भएको छ भने, प्रदायकले तपाईंका सेवाहरू काट्न सक्छन् र तपाईंको घरमा ताप, बिजुली, पानी, वा टेलिफोन नहुन सक्छ ।
यदि तपाईंलाई आफ्नो सुविधा प्रदायकसँग व्यवहार गर्न समस्या भएको छ भने तपाईंले कन्जुमर डाइरेक्टमा फोन गर्न वा उनीहरूको तलको वेबसाइट हेर्न सक्नुहुन्छ ।
कन्जुमर डाइरेक्ट : 08454 040 506*
ऊर्जा प्रदायकहरूको बारेमा जानकारी पाउन कन्जुमर डाइरेक्टको वेबसाइट हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


