सामाजिक आवासयो खण्डले सामाजिक आवासको बारेमा जानकारी प्रदान गर्दछ ।
सामाजिक आवास भनेको त्यस्तो आवास हो जुन आवास आवश्यकता भएका व्यक्तिहरूलाई सुरक्षित रूपमा र सस्तो भाडामा दिइन्छ । सामान्यतया यो काउन्सिल र आवास सङ्गठन जस्ता गैर-नाफामूलक सँस्थाहरूद्वारा उपलब्ध गराइन्छ ।
आवास सङ्गठनहरूरजिस्टर्ड सोसियल ल्याण्डलर्ड्स (आर.एस.एल.एस्.)हरू लाई आवास सङ्गठन पनि भनिन्छ । आर.एस.एल.एस्.द्वारा आवास प्रदान गरिएका व्यक्तिहरूलाई “आवास आवश्यकता” भएका व्यक्तिहरूको रूपमा परिभाषित गरिएको हुन्छ तर योग्यता मापदण्ड फरक पर्छ । सबै आवास सङ्गठनहरूमा उनीहरूले प्रदान गर्ने आवास सेवाहरूको प्रकारको बारेमा लिखित नीतिहरू हुनु पर्दछ । आवास सङ्गठनहरुले अधिकांश नयाँ डेरावालहरू स्थानीय निकायको प्रतिक्षा सूचिहरूबाट लिन्छन्, त्यसैले सबैभन्दा पहिले आफ्नो स्थानीय काउन्सिलको आवास विभागमा सम्पर्क गर्नु राम्रो हुन्छ । सामाजिक आवासको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।
डाइरेक्टगोभ: आवास सङ्गठनहरू । आफ्नो नजिकको आवास सङ्गठनको जानकारीको लागि तपाईंले नेशनल हाउजिङ फेडरेसनमा सम्पर्क गर्न सक्नुहुन्छ; उनीहरू सँग आवास सङ्गठनहरूको क्षेत्र अनुसारको सूची हुन्छ ।
नेशनल हाउजिङ फेडरेसन: 020 7067 1010*
टेन्याट सर्भिसेज अथोरीटि (टि.एस्.ए.) । सेल्टर । सेल्टरलाइन: 0808 800 4444* सोमवार-आइतवार बिहान ८ बजे- बेलुकी ८ बजे
वाई.एम.सी.ए. इंग्ल्याण्ड हाउजिङ स्कीम । आवास सङ्गठनसँगका समस्याहरूयदि तपाईंको आवास सङ्गठनसँग विवाद परेको छ र उजुरी गर्न चाहनुहुन्छ भने तपाईंले हाउजिङ अम्बड्सम्यान सर्भिसमा सम्पर्क गर्न सक्नुहुन्छ । तिनीहरू एक स्वतन्त्र आवास सङ्गठन हुन् जसले आवास सङ्गठनहरू, घरधनीहरूसँगको समस्या वा अन्य आवासका समस्याहरूको समाधान गर्दछन् ।
हाउजिङ अम्बड्सम्यान सर्भिसको वेबसाइट हेर्नुहोस् । हाउजिङ अम्बड्सम्यान सर्भिस: 0300 111 3000* (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


