कहाँ भाडामा लिनेयो खण्डले तपाईंलाई घर भाडामा लिनको लागि खोज्न मद्दत गर्नेछ । यदि तपाईं बेलायतमा काम गर्नको लागि आउँदै हुनुहुन्छ र तपाईंको जागिर सँगै बस्ने ठाउँ पनि दिइएको छ भने आफ्नो रोजगारदातालाई त्यसको कति पैसा लाग्छ भनेर सोध्नुहोस् । ठाउँ अनुसार, बेलायतमा घरभाडा एकदमै महँगो हुनसक्छ ।
घर भाडा दुई प्रकारका हुन्छन्: सार्वजनिक क्षेत्र र निजी भाडा प्रदायक ।
पब्लिक सेक्टर रेन्टिङपब्लिक सेक्टर रेन्टिङमा काउन्सिल, आवास सङ्गठन वा आवास सहकारी जस्ता स्थानीय निकायहरूबाट भाडामा लिने कुरा पर्दछ । पब्लिक सेक्टर रेन्टिङ मा सामाजिक आवास पनि पर्दछ ।
सिटिजन एड्भाइस ब्यूरो (सी.ए.बी.)को पब्लिक सेक्टर रेन्टिङसम्बन्धी जानकारीको लागि:
यदि तपाईं इंग्ल्याण्ड वा वेल्समा बस्नुहुन्छ भने । यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने। यदि तपाईं नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने । पब्लिक सेक्टर रेन्टिङको बारेमा थप जानकारीको लागि होम्स एण्ड कम्युनिटीज एजेन्सी (एच.सी.ए.) इंग्ल्याण्डको राष्ट्रिय आवास तथा पुनरुत्पादन एजेन्सी हो ।
घर भाडामा लिने सम्बन्धी थप जानकारीको लागि होम्स एण्ड कम्युनिटीज एजेन्सी (एच.सी.ए.)मा जानुहोस् । प्राइभेट रेन्टिङजब तपाईंले माथिको पब्लिक सेक्टरमा सूचीकृत नगरिएका निजी घरमालिकहरूबाट घर भाडामा लिनुहुन्छ भने त्यसलाई प्राइभेट रेन्टिङ भनिन्छ ।
भाडामा दिइने निजी घरहरू खोज्नका लागि तपाईंले आफ्नो स्थानीय, क्षेत्रीय वा राष्ट्रिय अखबार हेर्न सक्नुहुन्छ, आफ्नो स्थानीय घरजग्गा एजेन्टहरु कहाँ जान सक्नुहुन्छ वा इन्टरनेटमा “रेन्टिङ” खोज्न सक्नुहुन्छ ।
सिटिजन एड्भाइस ब्यूरो (सी.ए.बी.)कोप्राइभेट रेन्टिङ सम्बन्धी जानकारीको लागि:
यदि तपाईं इंग्ल्याण्ड वा वेल्समा बस्नुहुन्छ भने । यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने । यदि तपाईं नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने ।
|


