घरमालिकहरूको बारेमायो खण्डले घर मालिकका जिम्मेवारीहरू, घर मालिकसँग समस्याहरु, र बहाल धरौटीको सुरक्षाको बारेमा जानकारी प्रदान गर्दछ । तपाईंको आवास राम्रो अवस्थामा राखिने छ भनेर सुनिश्चित गर्ने जिम्मेवारी तपाईंको घरधनीको हो ।
निजी घरधनीहरूले सामान्यतया बजारमा चलेको दरमा आफ्नो घर भाडामा लगाउँछन् र उनीहरूको भाडा बढाउने अधिकार बहालको प्रकारमा भर पर्छ । हस्ताक्षर गर्नु भन्दा अगाडी बहाल सम्झौता ल्याएर राम्रोसँग पढ्नुहोस् ।
निजी घरधनीले सामान्यतया धरौटी माग्नेछन् । तपाईंले घरको अवस्था र कुनै पनि फर्निचर लगायतका बस्तुहरू लगतमा उल्लेख भएको कुरा र निम्न कुराहरू बहाल सम्झौतामा उल्लेख भएको सुनिश्चित गर्नुपर्छ:
आफ्नो स्थानीय काउन्सिलसँग त्यो क्षेत्रका स्वीकृत घरधनीहरूको सूची छ कि थाहा पाउन उनीहरूलाई सम्पर्क गर्नुहोस् ।
निजी घरधनीबाट घर भाडामा लिने सम्बन्धी पर्चाको लागि कम्युनिटीज एण्ड गभरमेन्टको वेबसाइट हेर्नुहोस् । आफ्नो घरधनीसँगका समस्याहरूधेरै जसो घरधनीहरू असल र जिम्मेवार हुन्छन् । यदि घरधनीसँग तपाईंको विवाद भयो भने तपाईंको काउन्सिलसँग तपाईंलाई मद्दत गर्नको लागि प्रयोग गर्ने सक्ने केही कानूनी अधिकारहरू हुन्छन् । यदि तपाईंलाई आफू आफ्नो घरधनीद्वारा उत्पीडित गरिएको वा गैरकानुनी रूपमा निष्कासन गर्न लागिएको जस्तो लाग्छ, र लिखित सम्झौतामा भएका कुराहरू घरधनीले पालना गरेको छैन वा तपाईंका सेवा सुविधाहरू काटिएको छ भने तपाईंलाई स्थानीय काउन्सिलले सहयोग गर्न सक्छ ।
टेनासी डिपोजिट प्रोटेक्सनयदि तपाईंले घर भाडामा लिनुहुन्छ भने तपाईंले आफ्नो घरधनीलाई धरौटी तिर्नुपर्ने हुनसक्छ । यदि तपाईंले आफ्नो सम्झौता पालना गर्नुभएको छ भने सामान्यता त्यो घर छोड्दा तपाईंले आफ्नो धरौटीको पैसा फिर्ता पाउनुहुन्छ । तपाईंलाई आफ्नो घरधनीद्वारा उचित व्यवहार गरियोस् भनेर सुनिश्चित गर्नका लागि बेलायतमा टेनासी डिपोजिट प्रोटेक्सन छ ।
टेनासी डिपोजिट प्रोटेक्सनले निम्न कुराहरू सुनिश्चित गर्दछ:
टेनासी डिपोजिट प्रोटेक्सनको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
|


