घरवारविहिनतायो खण्डले घरबारविहिनताको बारेमा जानकारी प्रदान गर्दछ, जसमा आफू बेघर भएमा के गर्ने, र बस्ने ठाउँ खोज्नका लागि कसलाई सम्पर्क गर्ने जस्ता कुराहरू पर्दछन् । सडकमा बस्नुलाई मात्रै बेघर भएको मानिँदैन । निम्न अवस्थाहरुमा तपाईंलाई कानुनी रूपमा बेघर भएको मानिन्छ र तपाईंसँग बस्ने ठाउँ खोज्न सहयोग प्राप्त गर्ने हक हुन्छ:
टाईड एकोमोडेसन्यदि तपाईंलाई जागिरको अंशको रूपमा घर वा अपार्टमेन्ट उपलब्ध गराइएको छ भने यसलाई टाईड एकोमोडेसन् भनिन्छ । जागिर सकिन लागेको कारण तपाईं बेघर हुने सम्भावना छ भने तपाईंले आवास सल्लाह सङ्गठनहरूबाट सल्लाह प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो स्थानीय काउन्सिलमा पनि सम्पर्क गर्न सक्नु हुन्छ, किनभने बेघर भएको देखाउनका लागि तपाईंले आफ्नो रोजगारदाताबाट प्रमाण उपलब्ध गराउने जस्ता विशेष कुराहरु गर्नु पर्ने हुन सक्छ ।
यदि चाँडो कार्य गर्ने हो र सहि किसिमको सहयोग प्राप्त गर्ने हो भने बेघर हुनबाट बच्न सकिन्छ । तल केहि वेबसाइटहरू छन् जसले घरबारविहिनताको बारेमा सहयोग र सुझाव प्रदान गर्दछन् ।
डाइरेक्टगोभ: होमलेसनेस खण्ड । सेल्टर । सेल्टर: 0808 800 4444*
सोमवार-आइतवार
८ बजे बिहान- ८ बजे बेलुका
(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


