बेलायतको चिकित्सक सँग दर्ता हुने |यो खण्डले पहिलो पटक बेलायत आएपछि बेलायतको चिकित्सक सँग दर्ता हुने बारेमा जानकारी दिन्छ | तपाईं पहिलो पटक बेलायत आएपछि, आफ्नो नजिकको चिकित्सक, जसलाई जनरल प्राक्टिसनर (जी.पी.) पनि भनिन्छ, सँग दर्ता हुनुपर्दछ | यसले तपाईंलाई बेलायतको स्वास्थ्य-सेवा प्रणालीमा पहुँच दिन्छ | आफ्नो नजिकको जी.पी. पत्ता लगाउन एन.एच.एस.को वेबसाइट मा गएर आफ्नो पोष्टकोड, नगरको नाम वा क्षेत्र हाल्नुहोस् | उक्त वेबसाइटमा तपाईंले आफ्नो नजिकको शल्यचिकित्सा, आकस्मिक र तत्कालीन सेवा, अस्पताल, दन्तचिकित्सक, औषधालय र नेत्र-चिकित्सकको जानकारी पनि पाउन सक्नुहुन्छ |जनरल प्राक्टिसनर (जी.पी.) पनि भनिने तपाईंको स्थानीय चिकित्सकले स्वास्थ्य समस्याहरूको बारेमा सल्लाह, शारीरिक परीक्षणहरू, लक्षणहरूको निदान, औषधिको पुर्जा लेख्ने र अन्य उपचारहरू जस्ता सेवाहरू प्रदान गर्दछन् | सामान्यतया जी.पी.हरूको सानो समूह एकै ठाउँमा काम गर्दछन् जसलाई सर्जरी, क्लिनिक वा हेल्थ सेन्टर पनि भनिन्छ |
जब तपाईंले सर्जरीमा सम्पर्क गरेर दर्ता हुनको लागि अनुरोध गर्नुहुन्छ, उनीहरूले नयाँ बिरामीहरूको लागि स्थान खालि भएनभएको कुरा बताउँछन् | उनीहरूले तपाईंलाई एउटा फारम भर्न दिन्छन् जसमा प्रायजसो तपाईंले आफ्नो नाम र ठेगाना र कुनै स्वास्थ्य समस्याहरू उल्लेख गर्नुपर्छ र त्यसपछि तपाईंले चिकित्सकलाई भेट्ने समय पाउन सक्नुहुन्छ | एन.एच.एस. अन्तर्गत, बेलायतमा चिकित्सकसँगको तपाईंको भेट नि: शुल्क हुन्छ | एक पटक चिकित्सक सँग भेट गरेपछि, उनीहरूले तपाईंको रोगको निदान गर्दछन् र आवश्यक परेमा अन्य स्वास्थ्य सेवाहरूको लागि सिफारिस गर्दछन् |
आफ्नो नजिकको जी.पी. पत्ता लगाउन एन.एच.एस.को वेबसाइट हेर्नुहोस् | चिकित्सक सँग दर्ता गर्ने, आफ्नो चिकित्सक सँग के अपेक्षा गर्ने, र भेट्ने समय कसरी मिलाउने भन्ने बारेमा थप जानकारीको लागि डाइरेक्टगोभ को वेबसाइट ले तपाईंलाई मद्दत गर्न सक्छ |
आफ्नो स्थानीय चिकित्सकको बारेमा जानकारीको लागि डाइरेक्टगोभ को वेबसाइट हेर्नुहोस् | |


