Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

गर्भावस्थाको रेखदेख

यो खण्डले प्रसव-पूर्वको सेवा, गर्भावस्थाको सेवा र प्रसव-पश्चातको सेवाको बारेमा जानकारी प्रदान गर्दछ ।

बेलायतमा धेरै संस्थाहरू छन् जसले गर्भावस्था अघि, गर्भावस्थाको अवधिमा र गर्भावस्था पछि सहायता र सल्लाह दिन सक्छन् । थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् । 

एन.एच.एस्.: द प्रेग्नेन्सी केयर प्लानर ।

डाइरेक्टगोभ: बच्चा पाउने सम्बन्धी जानकारी

द ब्रेस्टफीडिङ नेटवर्क (बि.एफ.एन.) ।

द ब्रेस्टफीडिङ नेटवर्क सपोर्ट लाईन : 0300 100 0210*
 
सोमवार–आइतवार बिहान ९.३० – बेलुका ९.३० 

द एसोसिएसन फर पोस्ट नेटल इलनेस (ए.पी.एन.आइ.) ।

द एसोसिएसन फर पोस्ट-नेटल इलनेस : 0207 386 0868*
 
सोमवार–शुक्रवार बिहान १० बजे – दिउँसो २ बजे 

द मिस्क्यारेज एसोसिएसन ।

द मिस्क्यारेज एसोसिएसन हेल्पलाइन: 01924 200799*
 
सोमवार–शुक्रवार बिहान ९ बजे– बेलुका ४ बजे
 
(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

आफ्नो बच्चाको जन्म दर्ता गराउने

यदि तपाईंले बेलायतमा बच्चालाई जन्म दिनुहुन्छ भने जन्म दर्ता गर्नुपर्छ । 

यदि तपाईं इंग्ल्याण्ड वा वेल्समा बस्नुहुन्छ भने, तपाईंको बच्चाको जन्म जुन जिल्लामा भएको हो त्यहाँ ४२ दिनभित्र दर्ता गराई सक्नुपर्छ । यो प्राय:जसो अस्पताल वा आफ्नो स्थानीय दर्ता कार्यालयमा गर्न सकिन्छ । 
 
यदि तपाईं नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने, तपाईंको बच्चाको जन्म जुन जिल्लामा भएको हो वा जहाँ सामान्यता आमाको बसोबास छ, त्यहाँ ४२ दिनभित्र दर्ता गराई सक्नुपर्छ । 
 
यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने, तपाईंको बच्चा स्कटल्याण्डको कुनै पनि दर्ता जिल्लामा २१ दिन भित्र दर्ता गराई सक्नुपर्छ ।
 
बच्चा दर्ता गराउने सम्बन्धी जानकारीको लागि जनरल रजिस्टर अफिस फर स्कटल्याण्डको वेबसाइट हेर्नुहोस्

No votes yet