दन्त सेवायो खण्डले बेलायतमा दन्त सेवाको बारेमा जानकारी दिन्छ । नेसनल हेल्थ सर्भिस (एन.एच.एस्.)ले दन्त सेवा प्रदान गर्दछ र त्यो एन.एच.एस्.मा दर्ता नभएकाहरूको लागि पनि उपलब्ध छ ।
तपाईंले आफ्नो एन.एच.एस्.को दन्त-चिकित्सकबाट तलका उपचारहरू गराउन सक्नुहुन्छ:
तपाईंले आफ्नो नजिकको एन.एच.एस्.को दन्त-चिकित्सक तलको वेबसाइटमा गएर र आफ्नो पोस्टकोड, नगर अथवा क्षेत्र हालेर पत्ता लगाउन सक्नुहुन्छ । यो वेबसाइट इंग्ल्याण्डको लागि हो, तर तपाईंले पृष्ठको तल्लो भागमा रहेका एन.एच.एस्. नर्दन आयरल्याण्ड, एन.एच.एस्. स्कटल्याण्ड र एन.एच.एस्. वेल्स शीर्षकका कडीहरूमा क्लिक गरेर क्षेत्र बदल्न सक्नुहुन्छ ।
आफ्नो नजिकको एन.एच.एस्.को दन्त-चिकित्सक पत्ता लगाउन एन.एच.एस्.को वेबसाइटमा हेर्नुहोस् । दन्त उपचारका शुल्कहरूएन.एच.एस्.का सबै दन्त उपचारहरूका लागि तीन प्रकारका सामान्य शुल्कहरू लाग्छन् । यसले तपाईंले कति पैसा तिर्नुपर्छ भनेर थाहा पाउन सजिलो बनाउँछ र तपाईंसँग एन.एच.एस्.को सेवाको लागि शुल्क लिइएको हो (न कि निजी सेवाको) भनेर पक्का गर्न पनि सहयोग गर्छ । एन.एच.एस्.को दन्त सेवा शुल्कहरु पत्ता लगाउन एन.एच.एस्.को वेबसाइट हेर्नुहोस् ।
|


