स्वास्थ्यको बारेमा धेरै जसो सोधिने प्रश्नहरूयहाँ तपाईंले स्वास्थ्य समस्याहरूका बारेमा धेरै जसो सोधिने प्रश्नहरू देख्नुहुन्छ । कसरी मैले आफ्नो स्थानीय जी.पी.(चिकित्सक) कहाँ दर्ता हुन सक्छु?जी.पी.(चिकित्सक) कहाँ कसरी दर्ता हुने भन्ने जानकारीको लागि: माइयुकेइन्फोको"चिकित्सक कहाँ दर्ता हुने" खण्डमा हेर्नुहोस् । मैले दन्त-चिकित्सक कसरी पत्ता लगाउन सक्छु?तपाईंको नजिकको दन्त-चिकित्सक पत्ता लगाउन र दन्त सेवा सम्बन्धी जानकारीको लागि : माइयुकेइन्फोको"दन्त सेवा" खण्डमा हेर्नुहोस् । मेरो औषधिको पुर्जाहरुको शुल्क तिर्न मलाई सहयोग चाहिन्छ, म के गर्न सक्छु ?केही व्यक्तिहरूले स्वास्थ्य छुट प्रमाणपत्र प्राप्त गरेर एन.एच.एस्.को नि:शुल्क औषधिको पुर्जाको लागि हकदार हुन्छन् । तपाईं निःशुल्क औषधिको पुर्जाको लागि वा औषधिको पुर्जाको पैसा तिर्न सहयोगको लागि योग्य हुनुहुन्छ कि भनेर पत्ता लगाउनको लागि: माइयुकेइन्फोको"औषधिको पुर्जा" खण्डमा हेर्नुहोस्। म गर्भवती छु र मलाई काममा छुट्टी लिनु परेको छ, के म कुनै बेनिफिटको लागि हकदार हुन्छु?तपाईं बेनिफिटहरूको लागि हकदार हुन सक्नुहुन्छ, थप जानकारीको लागि: माइयुकेइन्फोको परिवार शीर्षकको "प्रसूति" खण्डमा हेर्नुहोस्। के मलाई स्वास्थ्य सेवा प्राप्त गर्नको लागि नेसनल इन्स्योरेन्स नम्बर चाहिन्छ?स्वास्थ्य सेवा प्राप्त गर्नको लागि तपाईंलाई नेसनल इन्स्योरेन्स नम्बर चाहिंदैन, तर बेनिफिट र सम्भवत केही प्रकारका नि:शुल्क स्वास्थ्य सेवाहरू प्राप्त गर्नको लागि तपाईंतपाईं त्यो लिई राख्न सक्नुहुन्छ । नेसनल इन्स्योरेन्स नम्बर लागि आवेदन दिने बारेको जानकारीको लागि: डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस्: नेसनल इन्स्योरेन्स नम्बर लागि आवेदन दिने । |


