दुर्घटनाहरु र आकस्मिक अवस्थाहरूयो खण्डले आकस्मिक सेवाहरूका बारेमा र आकस्मिक अवस्थामा कसलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी दिन्छ । साधारणता यदि तपाईं बेलायतमा कानूनी रुपमा बसिरहनु भएको छ र काम गरिरहनु भएको छ भने तपाईं एन.एच.एस्.को स्वास्थ्य सेवा भित्र पर्नुहुन्छ र नि:शुल्क रूपमा आकस्मिक उपचारको लागि योग्य हुनुहुन्छ । आफू बेलायतमा नि:शुल्क आकस्मिक उपचार प्राप्त गर्नको लागि योग्य छु कि भनेर थाहा पाउन तलको डिपार्टमेन्ट अफ हेल्थको वेबसाइट हेर्नुहोस् ।
डिपार्टमेन्ट अफ हेल्थ: विदेशी आगन्तुकहरू । कसलाई सम्पर्क गर्नेआकस्मिक अवस्थामा ९९९ डायल गर्नुहोस् र एम्बुलेन्स सेवाको लागि अनुरोध गर्नुहोस् । यो फोनसेवा नि:शुल्क हो ।
यदि तपाईंसँग बढि समय छ भने, तपाईंले तल सूचीवद्ध गरिएको एन.एच.एस्. डाइरेक्टको वेबसाइटबाट आकस्मिक सेवा छान्न सक्नुहुन्छ । तपाईं के गर्ने भनेर पक्का हुनुहुन्न भने, सल्लाहको लागि तपाईंले एन.एच.एस् डाइरेक्टमा फोन गर्न सक्नुहुन्छ ।
एन.एच.एस्. डाइरेक्ट:& 0845 4647*
आकस्मिक सेवाहरूनजिकको आकस्मिक सेवा केन्द्र पत्ता लगाउन एन.एच.एस्. डाइरेक्ट हेर्नुहोस् र तलका तीन वटा विकल्प मध्ये एउटा छान्नुहोस्:
ए.एण्ड इ. (एक्सिडेन्टस् एण्ड इमरजेन्सीज): यदि तपाईंलाई गम्भीर चोट वा गम्भीर बिमारी लागेको छ र तत्काल उपचारको आवश्यकता छ भने यो विकल्प छान्नुहोस् ।
वाक इन सेन्टर्स:यदि तपाईंलाई स्वास्थ्य सल्लाह, आकस्मिक गर्भ-निरोध र काटेको, सड्केको, मर्केको, हड्डी भाँचिएको जस्ता चोटहरू, सामान्य बिमारीहरू, र सङ्क्रमणहरूको उपचार चाहिएको हो भने यो विकल्प छान्नुहोस् ।
माइनर इन्जुरिज यूनिट: यदि तपाईंलाई काटेको, मर्केको, सामान्य पोलेको वा भाँचिएको हड्डीको उपचार चाहिएको हो भने यो विकल्प छान्नुहोस् ।
विकल्प छानिसकेपछि, आफ्नो पोस्टकोड, नगर वा क्षेत्र टाइप गर्नुहोस् ।
आफ्नो क्षेत्रको आपातकालिन र तत्कालीन सेवा सुविधाहरू खोज्न एन.एच.एस्. डाइरेक्टको वेबसाइट हेर्नुहोस् । आपातकालिन स्वास्थ्य सेवा सम्बन्धी थप जानकारीको लागि तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ :
आपातकालिन स्वास्थ्य सेवा सम्बन्धी जानकारीको लागि एन.एच.एस्.को वेबसाइट हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


