काममा फर्कन लागेका आमाबुवाहरुयो खण्डले आमाबुवाहरु काममा फर्कंदाका बेनिफिटहरूको बारेमा जानकारी प्रदान गर्दछ । वर्किङ ट्याक्स क्रेडिटयदि तपाईं काम गर्नुहुन्छ तर न्यून ज्यालाहरु पाउनुहुन्छ भने तपाईं वर्किङ ट्याक्स क्रेडिटको लागि योग्य हुन सक्नुहुन्छ ।
यदि तपाईं हप्ताको १६ घण्टा भन्दा बढि काम गरिराख्नु भएको एकल आमा वा बुवा हुनुहुन्छ र न्यून आयमा हुनुहुन्छ अथवा तपाईं बालबालिका भएको दम्पतीको हिस्सा हुनुहुन्छ र हप्ताको ३० घण्टा भन्दा बढी काम गर्नुहुन्छ र न्यून आयमा हुनुहुन्छ भने तपाईं वर्किङ ट्याक्स क्रेडिटको लागि योग्य हुन सक्नुहुन्छ । वर्किङ ट्याक्स क्रेडिटले कामकाजी आमाबुवाहरूलाई पञ्जिकृत शिशु स्याहारको शुल्कको लागि पनि सहायता गर्न सक्छ । यो चाइल्डकेयर एलिमेंटले तपाईंको योग्य शिशु स्याहार खर्चको ८० प्रतिशतसम्म मद्दत गर्न सक्छ ।
ट्याक्स क्रेडिट सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । चाइल्ड मेन्टेनेन्सचाइल्ड मेन्टेनेन्स भनेको नियमित, भरपर्दो आर्थिक सहयोग हो जसले बच्चाको दैनिक जीवनको खर्चहरूका लागि सहायता गर्छ । दैनिक रुपमा बच्चाको रेखदेख नगर्ने आमा वा बुवाले अर्को आमा वा बुवालाई चाइल्ड मेन्टेनेन्सको लागि भुक्तानी दिन्छ । चाइल्ड मेन्टेनेन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । चाइल्ड मेन्टेनेन्स अप्सन्स: 0800 988 0988*
सोमवार देखि शुक्रवार बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म, र शनिवार बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म चाइल्ड मेन्टेनेन्स सम्बन्धी अतिरिक्त जानकारीको लागि तपाईं चाइल्ड सपोर्ट एजेन्सी (सि.एस्.ए.)मा जान सक्नु हुन्छ । तिनीहरूले आफ्नो बच्चाभन्दा अलग्गै बस्ने आमाबुवाहरुले चाइल्ड मेन्टेनेन्स तिरेर बच्चाको पालनपोषणको लागि आर्थिक योगदान गरेका छन् भनेर सुनिश्चित गर्छन् ।
चाइल्ड मेन्टेनेन्स सम्बन्धी जानकारीको लागि चाइल्ड सपोर्ट एजेन्सीको वेबसाइट हेर्नुहोस् । छुट्टि (मातृ/पैतृक छुट्टी) मातृ/पैतृक छुट्टीले योग्य आमाबुवाहरूलाई आफ्नो बच्चाको रेखदेख गर्नको लागि वा तिनीहरूको कल्याणको व्यवस्था गर्न बेतलबी छुट्टी लिने अधिकार प्रदान गर्दछ । यसले तपाईंलाई आफ्नो बच्चासँग बढि समय बिताउन र आफ्नो काम र पारिवारिक कर्तव्यहरुको बीचमा सन्तुलन कायम राख्न सहयोग गर्दछ ।
निम्न अवस्थाहरूमा तपाईंलाई मातृ/पैतृक छुट्टि पाउने अधिकार हुन्छ: यदि तपाईं १ बर्ष वा सो भन्दा बढि समय उही कम्पनीको कर्मचारी हुनुहुन्छ भने, रोजगार सम्झौता भएको कर्मचारी हुनुहुन्छ भने(धेरै जसो एजेन्सी र अनियमित कर्मचारीहरूलाई मातृ/पैतृक छुट्टि पाउने अधिकार हुँदैन), यदि तपाईंको नाम बच्चाको जन्म दर्ता प्रमाणपत्रमा वा बच्चाको अंगीकरण प्रमाणपत्रमा उल्लेख गरिएको छ भने, वा तपाईंको ५ बर्ष मुनिको बच्चालाई पालनपोषण गर्ने कानूनी दायित्व छ भने (१८ बर्ष भन्दा कम, यदि विकलाङ्ग भएमा)
दुबै आमाबाबुलाई मातृ/पैतृक छुट्टि पाउने अधिकार हुन्छ । यदि तपाईंले बालबच्चाहरूको पालनपोषणको औपचारिक दायित्व लिनुभएको छ भने तपाईं छुट्टिएर बसेको र बालबच्चाहरूसँग नबसेको भएतापनि तपाईंलाई मातृ/पैतृक छुट्टि पाउने अधिकार हुन्छ । धर्ममातापिताहरूलाई मातृ/पैतृक छुट्टि पाउने अधिकार हुँदैन ।
मातृ/पैतृक छुट्टीको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । फ्लेकसिबल वर्किङफ्लेकसिबल वर्किङले आफ्नो बच्चाको स्याहारको लागि तपाईंलाई मद्दत गर्न आफ्नो रोजगारदातालाई नयाँ काम गर्ने प्रक्रियाको लागि अनुरोध गर्न अनुमति दिन्छ । यदि तपाईंको बच्चा ६ बर्ष भन्दा कम उमेरको छ वा विकलाङ्ग बच्चा १८ बर्ष भन्दा कम उमेरको छ भने फ्लेक्सिबल वर्किङ प्याटर्नको लागि अनुरोध गर्ने तपाईंको अधिकार हुन्छ । तपाईंको रोजगारदाताले तपाईंको अनुरोधलाई गम्भीरतापूर्वक बिचार गर्नुपर्छ ।
निम्न अवस्थाहरूमा तपाईंसँग फ्लेक्सिबल वर्किङ को लागि अनुरोध गर्ने अधिकारको हुन्छ: तपाईंले आफ्नो रोजगारदाताको लागि कम्तीमा पनि २६ हप्तासम्म काम गर्नुभएको छ, तपाईं बच्चाको आमा, बुवा, दत्तक आमा बुवा, वैधानिक अभिभावक, वा धर्ममातापिता हुनुहुन्छ वा यिनीहरुको मध्ये एकको दम्पती हुनुहुन्छ, तपाईंले बच्चाको भरणपोषणको जिम्मेवारी लिनुभएको छ वा आफू बच्चाको रेखदेख गर्न सक्षम छु भनेर आवेदन गर्नुभएको छ ।
फ्लेक्सिबल वर्किङको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


