Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

विकलाङ्गता

यो खण्डले विकलाङ्ग वा विकलाङ्ग व्यक्तिहरूलाई रेखदेख गर्ने व्यक्तिहरूका लागि दिइने बेनिफिटहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

डिसएबिलीटि लिभिङ एलावेन्स

डिसएबिलीटि लिभिङ एलावेन्स(डी.एल.ए.) व्यक्तिगत रेखदेख गर्न मद्दत चाहिने वा शारीरिक वा मानसिक अशक्तताको कारणबाट हिँडडुल गर्न कठिनाइ भएका बालबालिकाहरु र वयस्कहरूका लागि दिइने एक करमुक्त बेनिफिट हो ।  काम गर्ने भएपनि नभएपनि तपाईंले डिसएबिलीटि लिभिङ एलावेन्स पाउन सक्नुहुन्छ र प्राय: तपाईंका कुनै आम्दानी वा बचतहरूले असर पार्दैन ।
 
तपाईंले निम्न अवस्थाहरूमा डिसएबिलीटि लिभिङ एलावेन्स प्राप्त गर्न सक्नुहुन्छ:
  • तपाईंमा शारीरिक वा मानसिक वा दुबै किसिमका विकलाङ्गताहरू छन् भने
  • तपाईंको विकलाङ्गता गम्भीर छ र तपाईंलाई आफ्नो रेखदेख गर्न मद्दत चाहिन्छ वा हिंडडुल गर्न कठिनाइ छ वा यी दुबै अवस्थाहरू छन् भने
  • दाबी गर्ने बेलामा तपाईं ६५ बर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने

डिसएबिलीटि लिभिङ एलावेन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

केयरर्स एलावेन्स

केयरर्स एलावेन्स विकलाङ्ग व्यक्तिहरूको रेखदेख गर्ने व्यक्तिहरूको मद्दतको लागी दिइने एक करयुक्त बेनिफिट हो । तपाईंले हेरचाह गर्ने व्यक्ति तपाईंको नाता पर्ने वा तपाईंसँगै बस्ने हुनुपर्छ भन्ने छैन ।
 
यदि तपाईं १६ बर्ष वा सो भन्दा बढि उमेरको हुनुहुन्छ र हप्तामा कम्तीमा ३५ घण्टा समय बिरामी वा विकलाङ्ग व्यक्तिको स्याहार गरेर बिताउनु हुन्छ भने तपाईं केयरर्स एलावेन्सको लागि योग्य हुन सक्नुहुन्छ ।  
 
यदि तपाईं प्रति हप्ता २१ घण्टा वा बढि निगरानीयुक्त अध्ययन सहितको पूर्णकालिन शिक्षामा हुनुहुन्छ वा निश्चित कटौतीहरू (जस्तै आयकर) गरिएपछि प्रति हप्ता £९५ भन्दा बढि कमाउनुहुन्छ भने तपाईंले केयरर्स एलावेन्स प्राप्त गर्न सक्नुहुन्न । 

आफू केयरर्स एलावेन्सको लागि योग्य छु कि भनेर थाहा पाउनको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

केयरर्स एलावेन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभ को वेबसाइट हेर्नुहोस् । 

रेखदेखकर्ताहरूका सङ्गठनहरू र परोपकारी संस्थाहरूको बारेमा थप जानकारीको लागि तलका मध्ये कुनै एक वेबसाइट हेर्नुहोस् : 

केयरर्स यूके ।

कन्ट्याक्ट ए फ्यामेली ।

फ्यामेली फण्ड

म्याकइनटायर ।

द प्रिन्सेस रोयल ट्रस्ट फर केयरर्स ।

(योङ केयरर्स नेट (वाई.सी. नेट)

अतिरिक्त विकलाङ्गता बेनिफिटहरूको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet