चाइल्ड ट्याक्स क्रेडिटयो खण्डले चाइल्ड ट्याक्स क्रेडिट्सको बारेमा जानकारी प्रदान गर्दछ । चाइल्ड ट्याक्स क्रेडिट प्राप्त गर्नको लागि तपाईंले कम्तीमा पनि एउटा बच्चाको (१६ वर्ष सम्मको) उत्तरदायित्व बहन गरेको हुनुपर्छ वा बेलायतमा तपाईंसँग कुनै योग्य युवा व्यक्ति (१६-२० वर्षको पूर्ण कालिन शिक्षामा) बसिराखेको हुनुपर्छ ।
चाइल्ड ट्याक्स क्रेडिट सिधै त्यो व्यक्तिलाई भुक्तानी गरिन्छ जो बच्चा वा बालबालिकाहरूको स्याहारका लागि मुख्य रूपमा उत्तरदायी हुन्छ । चाइल्ड ट्याक्स क्रेडिट त्यस कामदारहरूलाई प्रदान गर्न सकिन्छ जसले बेलायतबाट कामको लागि युरोपेली आर्थिक क्षेत्रको अन्य देशमा खटाइँदा पनि यूके नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्स तिर्न जारी राखेका छन् ।
एचएम् रेभेन्यु एण्ड कस्टम्स (एच.एम्.आर.सी.) चाइल्ड ट्याक्स क्रेडिट सम्बन्धी राष्ट्रिय निकाय हो । तिनीहरूले तपाईंलाई थप जानकारी प्रदान गर्न सक्छन् र तपाईं चाइल्ड ट्याक्स क्रेडिट प्राप्त गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्न सक्छन् ।
चाइल्ड ट्याक्स क्रेडिटको बारेमा थप जानकारीको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् । एच.एम.आर.सी.: 0845 300 3900* वा टेक्स्टफोन 0845 300 3909*
सोमवार-आइतवार बिहान ८ देखि बेलुका ८ बजेसम्म (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


