Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बालबालिकाहरुको स्याहार

यो खण्डले बच्चा सम्बन्धी बेनिफिटहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

चाइल्ड बेनिफिट

चाइल्ड बेनिफिट तपाईंले आफ्नो बच्चाको लागि दाबी गर्न सक्ने एक कर-मुक्त भुक्तानी हो । यो प्राय:जसो प्रत्येक चार हप्तामा भुक्तान गरिन्छ तर कहिले काहिँ प्रत्येक हप्ता पनि भुक्तान गर्न सकिन्छ ।  यो भुक्तानी योग्य व्यक्तिले जतिसुकै आम्दानी वा बचतहरु भएपनि पनि दाबी गर्न सक्छ ।
 
तपाईंको बच्चा तपाईंसँग नबसे पनि तपाईंले बच्चाको बेनिफिट दाबी गर्न पाउनुहुन्छ । तर यदि उनीहरू अरू कसैसँग बस्छन् भने, तपाईंले बच्चाको बेनिफिट यी निम्न अवस्थाहरुमा मात्र दाबी गर्न पाउनुहुन्छ: 
  • बच्चाको भरणपोषणको लागि तपाईंले भुक्तानी गर्नुहुन्छ भने
  • तपाईंले भुक्तानी गर्ने रकम कम्तीमा पनि तपाईंले आफ्नो बच्चाको लागि पाउने बेनिफिट बराबर छ भने
  • तपाईंको बच्चा हुर्काइ राखेको व्यक्तिले ती बच्चाहरूको लागि बेनिफिट दाबी गरेको छैन भने
     
बच्चाको बेनिफिट सम्बन्धी थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
 
बच्चाको बेनिफिट सम्बन्धी जानकारीको लागि एच.एम्. रेभेन्यू एण्ड कस्टम्स (एच.एम्.आर.सी.)को वेबसाइट हेर्नुहोस् ।

एच.एम्. रेभेन्यू एण्ड कस्टम्स (एच.एम्.आर.सी.) 0845 302 1444* वा टेक्स्टफोन 0845 302 1474*
सोमवार-आइतवार बिहान ८ बजे- बेलुकी ८ बजे 

चाइल्ड ट्रस्ट फण्ड भौचर

चाइल्ड ट्रस्ट फण्ड (सी.टि.एफ.) बालबालिकाका लागि एउटा बचत र मुद्दती खाता हो । १ सेप्टेम्बर २००२ मा वा त्यसपछि जन्मिएका बालबालिकाहरूले आफ्नो खाता खोल्नको लागि £२५०को भौचर पाउँछन् । त्यो खाता बच्चाको हुन्छ र तिनीहरू १८ वर्ष नपुग्दासम्म कसैले त्यो खाता चलाउन पाउँदैन, ताकी बालबालिकासँग आफ्नो वयस्क जिन्दगी सुरु गर्नको लागि केही पैसा होस् ।  

अतिरिक्त जानकारीको लागि चाइल्ड ट्रस्ट फण्डको वेबसाइट हेर्नुहोस् ।

गार्डियन्स एलावेन्स

गार्डियन्स एलावेन्स आमाबुवाहरुको मृत्यु भएका बालबालिकाहरुको पालनपोषण गरिराखेका व्यक्तिहरूका लागि करमुक्त भुक्तानी हो । केही अवस्थाहरूमा आमा अथवा बुबाको मात्र मृत्यु भएको भएपनि तपाईं अभिभावकको भत्ताको लागि योग्य हुन सक्नुहुन्छ ।
 
तपाईं गार्डियन्स एलावेन्सको लागि योग्य हुन सक्नुहुन्छ, यदि:
  • तपाईंले अरू कसैको बच्चाको पालनपोषण गरिराख्नु भएको छ र तिनीहरूको आमाबुवा दुवैको मृत्यु भइसकेको छ भने
  • तपाईं चाइल्ड बेनिफिटको लागि योग्य हुनुहुन्छ भने
  • मृत्यु भएको आमा अथवा बुवा मध्ये एकजनाको जन्म बेलायतमा भएको थियो अथवा उनीहरू युरोपियन इकोनोमिक एरिया (इ.इ.ए.) वा स्विजरल्याण्डको बासिन्दा थिए वा १६ वर्षको उमेर हुँदा देखि कुनै पनि दुई वर्षको अवधिमा कम्तीमा पनि ५२ हप्ता बेलायतमा बसेका थिए भने
     
गार्डियन्स एलावेन्स सम्बन्धी अतिरिक्त जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet