Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

पारिवारिक समस्याहरूका बारेमा धेरै जसो सोधिने प्रश्नहरू

यहाँ तपाईंले पारिवारिक समस्याहरू सम्बन्धी धेरै जसो सोधिने प्रश्नहरू देख्न सक्नुहुन्छ ।

मैले मेरो क्षेत्रमा मेरो बालबच्चाहरूको लागि नर्सरी, प्राथमिक वा माध्यमिक विद्यालय कहाँ खोज्न सक्छु?

आफ्नो बच्चाको लागि विद्यालय खोज्ने र छनोट गर्ने बारेमा जानकारीको लागि:

माइयूकेइन्फोको"विद्यालयको छनोट गर्ने" पृष्ठ हेर्नुहोस् ।

मेरो शिशु स्याहारको शुल्क तिर्न मलाई सहयोग चाहिन्छ, म के गर्न सक्छु ?

यदि तपाईं काम गर्नुहुन्छ र शिशु स्याहारको शुल्क तिर्न सहयोग चाहिन्छ भने तपाईं शिशु स्याहारको शुल्क सहयोग बेनिफिटको लागि योग्य हुन सक्नुहुन्छ ।  शिशु स्याहारको भुक्तानी सहयोगको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको शिशु स्याहार खण्डको "आर्थिक सहयोग" पृष्ठ हेर्नुहोस् ।

मैले मेरो बच्चालाई विद्यालयमा कसरी दर्ता गर्नुपर्छ ?

तपाईंले आफ्नो बच्चाको लागि विद्यालय छनोट गरिसकेपछि दर्ता गराउनु पर्दछ ।   सबै विद्यालयहरूका प्रवेश मापदण्डहरू हुन्छन् र सामान्यता तपाईंले आवेदन फारम भर्नुपर्छ ।   आफ्नो बच्चालाई विद्यालयमा दर्ता गराउने बारेमा थप जानकारीको लागि:

डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् : विद्यालयमा स्थानको लागि आवेदन गर्ने ।  

आफ्नो अँग्रेजी सुधार गर्ने र ई.एस्.ओ.एल.का कक्षाहरू लिने बारेमा मैले कहाँबाट जानकारी प्राप्त गर्न सक्छु?

ई.एस्.ओ.एल.का कक्षाहरू सञ्चालन गर्ने ठाउँहरू धेरै छन् ।  तपाईंको स्थानीय महाविद्यालय वा तपाईंको स्थानीय काउन्सिलले पनि कक्षाहरू सञ्चालन गर्न सक्छ ।  आफ्नो अँग्रेजी सुधार गर्नको लागि ई.एस्.ओ.एल.का कक्षाहरू खोज्ने बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"मेरो अँग्रेजी सुधार गर्ने" खण्ड हेर्नुहोस् ।

बेलायतमा बच्चा जन्मिँदा कसरी दर्ता गराउनु पर्छ ?

बेलायतमा बच्चा जन्मिँदा दर्ता गराउने सम्बन्धी जानकारीको लागि:
 
म बेलायतमा विवाह गर्न चाहन्छु, मैले के गर्नुपर्छ ? 

यदि तपाईं धार्मिक विवाह समारोह गर्न चाहनुहुन्छ भने, तपाईंले सजिलैसँग चर्च वा विवाहका लागि दर्ता गरिएको अन्य कुनै भवनमा विवाह गर्न सक्नुहुन्छ । यदि तपाईं पार्टनरसीप वा नागरिक विवाह गर्न चाहनु हुन्छ भने, तपाईं सामान्यता दर्ता कार्यालयमा जान सक्नुहुन्छ । जब तपाईं विवाह गर्नुहुन्छ वा प्रणयसुत्रमा बाँधिनु हुन्छ, तपाईंले सूचना दिने वा विवाह दर्ता गर्ने जस्ता कानूनी आवश्यकताहरू पुरा गर्नुपर्छ ।  बेलायतमा विवाह गर्न वा प्रणयसुत्रमा बाँधिन र तिनीहरूको दर्ता गर्ने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।
 
यदि तपाईं इंग्ल्यान्ड वा वेल्समा बस्नुहुन्छ भने:
 
यदि नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने:
 
यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने:
 
बेलायतमा कुनै मृत्यु कसरी दर्ता गराउनु पर्छ ?

कुनै पनि मृत्यु सकेसम्म चाँडो दर्ता गराउनु जरूरी हुन्छ । 
 
यदि तपाईं इंग्ल्यान्ड वा वेल्समा बस्नुहुन्छ भने सामान्यतया तपाईंले ५ दिन भित्र मृत्यु दर्ता गराउनु पर्दछ,
 
यदि तपाईं नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने, उक्त व्यक्ति मरेको जिल्ला वा सामान्यता बसोबास गर्ने गरेको जिल्लाको रजिस्ट्रारसँग ५ दिन भित्र मृत्यु दर्ता गराउनु पर्दछ ।div>
 
यदि स्कटल्याण्डमा बस्नुहुन्छ भने, तपाईंले ८ दिन भित्र जुनसुकै दर्ता जिल्लामा रहेको जन्म, मृत्यु र विवाह रजिस्ट्रारसँग मृत्यु दर्ता गराउनु पर्छ :
 
मृत्यु दर्ता सम्बन्धी जानकारीको लागि जनरल रजिस्टर अफिस इन स्कटल्याण्डको वेबसाइट हेर्नुहोस्

No votes yet