शिशु विद्यालय तथा नर्सरी विद्यालययो खण्डले बेलायतका शिशु विद्यालयहरू र नर्सरी विद्यालयहरूको बारेमा जानकारी प्रदान गर्दछ । बेलायतमा बच्चाले ५ वर्षको उमेरमा विद्यालय जान सुरु गर्नुपर्छ तर ५ बर्षको उमेरसम्मका लागि अन्य विभिन्न विकल्पहरू उपलब्ध छन् । यसमा नर्सरी विद्यालयहरू, प्ले ग्रूपहरू र चाइल्ड माइण्डरहरू पर्दछन् ।
नर्सरी विद्यालयहरूधेरैजसो नर्सरी विद्यालयहरूले तपाईंको तीन देखि पाँच वर्षभित्रका बच्चालाई लिन्छन्, यद्यपि धेरै दिवा नर्सरीहरूले त्यो भन्दा साना उमेरका बच्चाहरूलाई पनि लिन्छन् । तिनीहरू शैक्षिक वर्ष भरि खुल्ला रहन्छन्, यद्यपि केही निजी दिवा नर्सरीहरू विद्यालय बिदाको बेलामा पनि खुल्छन् । तिनीहरू प्रायः जसो बिहान ९.०० बजे देखि दिउँसो ३.३० बजेसम्म खुल्ला रहन्छन्, यद्यपि धेरै नर्सरीहरू त्यो भन्दा लामो समयसम्म खुल्छन् । धेरै जसो नर्सरीहरूले आधा-दिनको पाँचवटा सत्रहरू प्रदान गर्छन्, यद्यपि केही प्रकारका नर्सरीहरूले तपाईंको आवश्यकताहरु अनुसार अल्प-कालिन वा पूर्ण-कालिन सेवाहरु पनि प्रदान गर्दछन् ।
नर्सरी विद्यालयहरु र कक्षाहरूमा कम्तीमा पनि २० देखि २६ बालबालिकाहरूका लागि दुईजना वयस्कहरू हुन्छन् । एकजना योग्यता भएको शिक्षक र अर्को योग्यता भएको नर्सरी सहायक हुनुपर्छ । दिवा नर्सरीहरूका कर्मचारीको योग्यताहरु सम्बन्धी छुट्टै नियमहरू छन् जुन हेरचाह गरिने बालबालिकाहरूको उमेरहरुमा भर पर्दछ ।
प्लेग्रूपहरूप्लेग्रूपहरू प्रायः गैर-नाफामूलक हुन्छन् । तिनीहरू प्रायः जसो आमाबुवाहरू सहितका स्वयंसेवकहरूद्वारा संचालित हुनसक्छन् । धेरैजसो प्लेग्रूपहरूले तीन देखि पाँच वर्षभित्रका बच्चालाई लिन्छन्, यद्यपि केहीले दुई वर्षको उमेरकालाई पनि लिन्छन् । प्लेग्रूपहरू शैक्षिक वर्ष भरि खुल्ला रहन्छन् र सामान्यता आधा-दिनको सत्रहरु सञ्चालन गर्दछन्, यद्यपि केही हप्ताभरि सधैँ खुल्दैनन्, र अन्यले तपाईंलाई लामो समयको सेवा दिन पनि सक्छन् । । प्लेग्रूपहरूले १० देखि २० जना बालबालिकाहरूका लागि स्थानहरु उपलब्ध गराउँछन् – त्यहाँ प्रत्येक आठजना बालबालिकाहरूका लागि एकजना वयस्क व्यक्ति हुनुपर्छ र कम्तीमा पनि आधा संख्याका वयस्क व्यक्तिहरु योग्यता भएका नाइकेहरू वा सहायकहरू हुनुपर्दछ ।
चाइल्डमाइन्डीङचाइल्डमाइन्डरहरुले बालबालिकाहरूलाई प्रायः आफ्नै घरमा रेखदेख गर्छन् । तीन र चार वर्षको उमेरकाहरूलाई नि:शुल्क प्रारम्भिक शिक्षाका लागि स्थानहरु प्रदान गर्नेहरू अफ्स्टेडद्वारा दर्ता गरिएको र स्थानीय लोकल अथोरिटी क्वालिटी एसोरेन्स नेटवर्कको अङ्गको रूपमा स्वीकृत भएको हुनुपर्छ ।
५ वर्ष मुनिका बालबालिकाको लागि विद्यालयको शिक्षा दिने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् :
|


