पाल्तु जनावर र जनावर सम्बन्धी आकस्मिक अवस्थाहरूयो खण्डले जनावरहरूको रक्षा गर्ने कानूनहरूको बारेमा र यदि तपाईं पाल्तु जनावर र जनावर सम्बन्धी आकस्मिक अवस्थाहरूमा पर्नुभयो भने कसलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । बेलायतमा पाल्तु, फार्ममा पालिएका र जङ्गली सहित सबै जनावरहरूको स्वास्थ्य र सुरक्षाको संरक्षण गर्ने कानून छ । यदि तपाईं कुनै जनावर पाल्नु हुन्छ भने यसको उचित रेखदेख भएको छ भनेर सुनिश्चित गर्नु तपाईंको कानूनी कर्तव्य हुन्छ ।
आर.एस्.पी.सी.ए.(द रोयल सोसाइटी फर द प्रिभेन्सन अफ क्र्युयल्टी टु एनिमल्स) जनावरहरू विरुद्धको क्रूरता र पिडाको रोकथाम गर्ने एक परोपकारी संस्था हो । यदि तपाईंले कुनै जनावर घाइते भएको वा नराम्रोसँग राखिएको थाहा पाउनुभयो भने आर.एस्.पी.सी.ए.को २४-घण्टे राष्ट्रिय क्रूरता र सल्लाह लाइनमा फोन गर्नुहोस् ।
आर.एस्.पी.सी.ए.को २४-घण्टे हेल्पलाइन 0300 1234 999*
आर.एस्.पी.सी.ए.को वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । ) |


