अस्पतालहरूयो खण्डले अस्पतालहरू, वाक-इन सेन्टर्स र माइनर इन्जुरिज युनिट्सको बारेमा जानकारी प्रदान गर्दछ । यदि तपाईंसँग बढि समय छ, र एम्बुलेन्स, अग्नि सेवा वा प्रहरीको आवश्यकता छैन भने, तपाईंले उपयुक्त आकस्मिक सेवा छनोट गर्न सक्नुहुन्छ । तपाईं के गर्ने भनेर पक्का हुनुहुन्न भने, सल्लाहको लागि तपाईंले एन.एच.एस्. डाइरेक्टमा फोन गर्न सक्नुहुन्छ ।
एन.एच.एस्. डाइरेक्ट:& 0845 4647*
नजिकको आकस्मिक सेवा केन्द्र पत्ता लगाउन एन.एच.एस्. डाइरेक्ट हेर्नुहोस्, “आकस्मिक र तत्कालीन सेवा ” बटनमा क्लिक गर्नुहोस् र तलका तीन वटा विकल्पहरू मध्ये एउटा छान्नुहोस्:
विकल्प छानिसकेपछि, आफ्नो पोस्टकोड, नगर वा क्षेत्र टाइप गर्नुहोस् र तपाईंलाई आफ्नो स्थानीय आकस्मिक सेवाहरुमा निर्देशित गरिनेछ ।
एन.एच.एस्. डाइरेक्टको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । आकस्मिक स्वास्थ्यसेवा र अस्पतालहरू सम्बन्धी थप जानकारीको लागि तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ :
अस्पतालहरूको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । यदि तपाईं बेलायतमा कानूनी रुपमा बसिरहनु भएको छ र काम गरिरहनुभएको छ भने तपाईं सम्भवतः नि:शुल्क रूपमा आकस्मिक उपचारको लागि योग्य हुनुहुन्छ । आफू अस्पतालमा नि:शुल्क आकस्मिक उपचार प्राप्त गर्नको लागि योग्य छु कि भनेर थाहा पाउन तलको डिपार्टमेन्ट अफ हेल्थको तलको वेबसाइट हेर्नुहोस् ।
डिपार्टमेन्ट अफ हेल्थ: विदेशी आगन्तुकहरू। (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


