बाढी
यो खण्डले बाढी आयो भने कस्तो तयारी गर्ने र कसलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ ।
द एन्भारोमेन्ट एजेन्सी इंग्ल्याण्ड र वेल्समा वातावरणको सुरक्षा गर्ने र सुधार गर्ने प्रमुख सार्वजनिक निकाय हो । एन्भारोमेन्ट एजेन्सीका अनुसार, इंग्ल्याण्ड र वेल्समा लगभग ५० लाख व्यक्तिहरु बाढीको जोखिम भएका क्षेत्रहरूमा बस्छन् । द एन्भारोमेन्ट एजेन्सीले व्यक्तिहरूलाई बाढीको बारेमा चेतावनी दिन्छ र बाढीका प्रतिरक्षाहरू निर्माण गर्दछ । उनीहरूको वेबसाइटमा तपाईंले बाढीहरूको लागि कसरी तयारी गर्ने भन्ने जानकारीहरू पाउन सक्नुहुन्छ ।
बाढीको बारेमा थप जानकारीको लागि एन्भारोमेन्ट एजेन्सीको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । |


